राकुटेन मोबाइलद्वारा फाइभजी नेटवर्कका लागि सामसङ इलेक्ट्रोनिक्सको ओपन आरएएन सलुसन छनोट

  • Technology Khabar | २१ फाल्गुन २०८२, बिहीबार
राकुटेन मोबाइलद्वारा फाइभजी नेटवर्कका लागि सामसङ इलेक्ट्रोनिक्सको ओपन आरएएन सलुसन छनोट
फाइल तस्बिर

काठमाडौं ।

राकुटेन मोबाइलले आफ्नो राष्ट्रव्यापी फाइभजी नेटवर्कका लागि सामसङ इलेक्ट्रोनिक्सको ओपन आरएएन–अनुरूप फाइभजी रेडियो समाधान छनोट गरेको छ।

सामसङले लो-ब्यान्ड (७०००मेगाहर्ज) र मिड-ब्यान्ड (१.७ गिगाहर्ज) रेडियोका साथै ३.८ गिगाहर्ज ब्यान्ड समर्थन गर्ने म्यासिभ एमआईएमओ रेडियोहरू उपलब्ध गराउनेछ। कम्पनीका अनुसार यी कम्प्याक्ट र हल्का रेडियोहरू भवन र पोलमा सजिलै जडान गर्न सकिने भएकाले घना शहरी क्षेत्रमा नेटवर्क विस्तार र क्षमता अभिवृद्धि सहज हुन्छ।

कम ऊर्जा खपत गर्ने म्यासिभ एमआईएमओ समाधानमार्फत जापानभर फाइभजी क्षमतामा तीव्र वृद्धि हुने र उच्च ट्राफिक भएका क्षेत्रमा पनि उच्च–गति कनेक्टिभिटी र भरपर्दो मोबाइल अनुभव सुनिश्चित हुने दावी गरिएको छ।

टेलिकम्स डटकमका अनु्सार राकुटेन मोबाइल सुरुदेखि नै खुला तथा भर्चुअलाइज्ड आरएएन मोडेल अपनाउने अग्रणी अपरेटरका रूपमा चिनिन्छ। कम्पनीहरूका अनुसार यो सहकार्यले बहु–भेन्डर वातावरणमा औपन आरएएन आर्किटेक्चरको विश्वसनीयता पुष्टि गरेको छ।

राकुटेन मोबाइलका सहायक–प्रमुख तथा राकुटेन सिम्फोनीका अध्यक्ष शरद श्रीवास्तवले फाइभजी कभरेज विस्तार र नेटवर्क प्रदर्शन अनुकूलनमार्फत उत्कृष्ट मोबाइल सेवा प्रदान गर्ने प्रयास निरन्तर जारी रहेको बताए।

सामसङसँगको सहकार्यले जापानमा फाइभजी विस्तारलाई तीव्र बनाउनुका साथै विश्वव्यापी रूपमा ओपन आरएएन परिनियोजन विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ।

सामसङ नेटवर्क्स व्यवसायका कार्यकारी उपाध्यक्ष एन्जेलो जिओङ्हो पार्कले यो साझेदारीले कम्पनीको ओपन आरएएन नेतृत्व थप मजबुत बनाएको उल्लेख गरे। एआई र खुलापन अपनाउँदै विश्व बजारमा थप प्रगति गर्ने अपेक्षा उनले व्यक्त गरे। दुवै कम्पनीले विस्तृत परीक्षण र प्रमाणीकरणपछि यसै वर्षदेखि व्यावसायिक परिनियोजन सुरु गर्ने योजना बनाएका छन्।

प्रकाशित: २१ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार