‘कताहो’ मा निर्वाचन लक्षित निःशुल्क सुरक्षा सुविधा उपलब्ध

  • Technology Khabar | २० फाल्गुन २०८२, बुधबार
‘कताहो’ मा निर्वाचन लक्षित निःशुल्क सुरक्षा सुविधा उपलब्ध

काठमाडौं ।

नेपालमा डिजिटल ठेगाना प्रणाली विकास तथा सञ्चालन गर्दै आएको एड्रेसग्राफ नेपाल प्रा.लि. ले आफ्नो “कताहो” एपमार्फत निर्वाचनमा खटिने व्यक्तिहरूका लागि लक्षित विशेष निःशुल्क सुरक्षा सुविधा सुरु गरेको छ।

निर्वाचनको समयमा सुरक्षासम्बन्धी सम्भावित जोखिमलाई मध्यनजर गर्दै, निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूले आकस्मिक परिस्थितिमा आफ्नो परिवार वा आफन्तलाई छिटो र सुरक्षित रूपमा जानकारी दिन सक्ने उद्देश्यले उक्त सेवा उपलब्ध गराइएको हो।

कुनै अप्रत्याशित घटना वा असहज परिस्थितिमा प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा राखिएको एसओएस सम्पर्कमार्फत आपतकालीन सूचना पठाउन सक्ने कम्पनीले जनाएको छ।

सो सूचनासँगै साइरनसहितको सन्देश र प्रयोगकर्ताको डिजिटल ठेगाना/स्थान जानकारी सम्बन्धित व्यक्तिसम्म पुग्नेछ। भीडभाड, होहल्ला वा फोनमार्फत प्रत्यक्ष रूपमा बोल्न नसकिने अवस्थामा यो सुविधा विशेष रूपमा प्रभावकारी हुने अपेक्षा गरिएको छ। हाल प्रत्येक प्रयोगकर्ताले दुईवटा मोबाइल नम्बरमा आपतकालीन सन्देश पठाउन सक्ने सुविधा उपलब्ध रहेको छ।

कसरी प्रयोग गर्ने?

यो सेवा प्रयोग गर्नका लागि सर्वप्रथम एण्ड्रोइड वा एप्पल स्टोरबाट “कताहो” एप डाउनलोड गरी आफ्नो जिमेल र मोबाइल नम्बरमार्फत ओटीपी प्रमाणीकरण गर्नुपर्नेछ।

त्यसपछि मेनुमा गई आफन्त वा टिमलिडर व्यक्तिको नम्बरलाई आपतकालीन सम्पर्कका रूपमा राखेपछि यो सुविधा तुरुन्त प्रयोग गर्न सकिन्छ। (यस सुविधा प्रभावकारी रूपमा सञ्चालन हुन दुवै पक्षले “कताहो” एपमा दर्ता भएको हुन आवश्यक छ।)

‘कताहो’ ले विश्वस्तरको वर्ल्ड समिट अवार्ड (डब्लूएसए), एसियाली स्तरको एपीआ२सीटीए अवार्ड तथा नेपालको प्रतिष्ठित आईसीटी अवार्ड लगायत विभिन्न सम्मान प्राप्त गरिसकेको छ।

प्रकाशित: २० फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘Narrative war’: disinformation surges as conflict roils Middle East

  • Technology Khabar
  • २० फाल्गुन २०८२, बुधबार