ईयूमा सवारी साधनहरूमा ट्याकोग्राफको प्रयोगमा परिवर्तन

  • Technology Khabar | १८ फाल्गुन २०८२, सोमबार
ईयूमा सवारी साधनहरूमा ट्याकोग्राफको प्रयोगमा परिवर्तन
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

२०२६ को जुलाई १ देखि युरोपेली संघको नियम अनुसार अन्तर्राष्ट्रिय यातायात वा क्याबोटेज ( कुनै विशेष क्षेत्र भित्र समुद्री, हवाई वा अन्य यातायात सेवाहरू सञ्चालन गर्नको लागि अधिकार) गर्ने २.५ देखि ३.५ टन बीचको अधिकतम अनुमतियोग्य तौल (ट्रेलर सहित) लाइट कमर्सियल भेहिकल्स–एलसीभी (हलुका तौलका व्यावसायिक सवारी साधन) र भ्यानहरू स्मार्ट ट्याकोग्राफहरू (जी२भी२) ले सुसज्जित हुनुपर्नेछ।

यी डिभाइसहरूले सीमा पार गर्ने, लोड/अनलोड गर्ने स्थानहरू र चालक गतिविधि रेकर्ड गर्ने टेलिग्राफले रिपोर्ट गरेको छ।

भाडा वा रिवार्डको लागि अन्तर्राष्ट्रिय यातायात वा क्याबोटेज गर्ने सबै लाइट कमर्सियल भेहिकल्स/भ्यानहरू (२.५ टन – ३.५ टन) दोस्रो पुस्ताको स्मार्ट ट्याकोग्राफहरूले सुसज्जित हुनुपर्नेछ।

निर्माण स्थलहरूमा (र त्यहाँबाट) सामग्री ढुवानी गर्न र निर्माण कार्यको लागि प्रयोग गरिने ३.५ टन सम्मका हल्का सवारी साधनहरू भने यो मापनबाट मुक्त रहेका छन्। यी सवारी साधनहरू यदि १०० किलोमिटरको दायरा भित्र मात्र गुड्र्छन् भने तिनीहरू आवश्यकताको अधीनमा हुनेछैनन्।

साथै हस्तनिर्मित सामानहरूको ढुवानीमा छुटहरू लागू हुनेछन्। थप छुटहरू गैर–व्यावसायिक, घरेलु गतिविधिहरूको लागि प्रयोग गरिने सवारी साधनहरूमा लागू हुनेछन्।

प्रकाशित: १८ फाल्गुन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...