डिजिटल प्रविधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने

  • Technology Khabar | १६ फाल्गुन २०८२, शनिबार
डिजिटल प्रविधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने

काठमाडौं ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको परिणामलाई लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले डिजिटल प्रविधिबाट सार्वजनिक गर्ने भएको छ।

विगतमा स्पिकरको माध्यमबाट मतपरिणाम सार्वजनिक गर्ने गरिएको भएपनि यस बर्षदेखि डिस्प्ले बोर्ड राखेर मतपरिणाम सार्वजनिक गर्ने गरि तयारी गरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए। उनका अनुसार डिस्प्ले बोर्ड र वेभसाइटमार्फत सार्वजनिक गर्ने तयारी रहेकोछ। यसले गर्दा एकद्वार प्रणालीबाट नतिजा सार्वजनिक हुने र विश्वसनिय हुने सूचना अधिकारी कुँवरले बताए।

कति लटमा सार्वजनिक गर्ने भन्ने खालको निर्णय गरेर सोही अनुसार दाङका तीन वटै निर्वाचन क्षेत्रको मतपरिणाम डिजिटल माध्यमबाट सार्वजनिक गर्ने तयारी रहेको छ।

उनका अनुसार प्रदेश भरकै जिल्लाबाट तयारी गर्ने योजना समेत रहेकोछ। त्यो सम्भव नभएपनि दाङमा भने यो अभ्यास गर्ने उनले बताए। रासस

प्रकाशित: १६ फाल्गुन २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...