स्न्यापच्याटले “द स्न्याप्पीज” नामक अवार्ड शो आयोजना गर्ने

  • Technology Khabar | १५ फाल्गुन २०८२, शुक्रबार
स्न्यापच्याटले “द स्न्याप्पीज” नामक अवार्ड शो आयोजना गर्ने

काठमाडौं ।

स्न्यापच्याटले बुधबार आफ्नो पहिलो अवार्ड शो आयोजना गर्ने घोषणा गरेको छ। “द स्न्याप्पीज” नाम दिइएको उक्त कार्यक्रम मार्च २१ मा आयोजना हुनेछ। कम्पनीका अनुसार यो अवार्ड शो स्न्यापच्याटमा संस्कृति निर्माण गर्ने क्रिएटरहरूलाई सम्मान गर्नका लागि डिजाइन गरिएको हो।

क्रिएटरहरूले “स्पटलाइट एमभीपी,” “बेस्ट स्टोरीटेलर,” र “ब्रेकआउट क्रियटर अफ द इयर” जस्ता अवार्ड प्राप्त गर्नेछन्। साथै फेसन, ब्यूटी, खेलकुद, संगीत, खाना र गेम्सका विधामा पनि पुरस्कार प्रदान गरिनेछ। थप श्रेणीहरूमा सहकार्य, कमेडी र सांस्कृतिक प्रभाव समावेश छन्।

कम्पनीले ब्लग पोस्टमा लेखेको छ, “यी सम्मानहरूले क्रिएटरहरूले कसरी संवाद सुरु गर्छन्, समुदाय निर्माण गर्छन् र स्न्यापच्याटमा संस्कृति परिभाषित गर्छन् भन्ने झल्काउँछ।”

टेकक्रञ्चका अनुसार साथै द स्न्याप्पीजले क्रिएटरहरूलाई केवल प्रयोगकर्ता मात्र नभई कलाकार, मनोरञ्जनकर्मी र सांस्कृतिक अगुवाका रूपमा सम्मान गर्ने कम्पनीको प्रतिबद्धता झल्काउने उल्लेख गरिएको छ।

स्न्यापच्याटक्रिएटर अवार्ड सुरु गर्ने पछिल्लो सामाजिक सञ्जाल प्लेटफर्म बनेको छ। इन्स्टाग्रामले गत अक्टोबर “रिङ” नामक अवार्ड सुरु गरेको थियो, जसले विश्वभरका क्रिएटरहरूलाई सम्मान गरेको थियो।

विजेताहरूलाई अंग्रेज फेसन डिजाइनर ग्रेस वेल्स बोनरले डिजाइन गरेको विशेष औंठी प्रदान गरिएको थियो, साथै उनीहरूको इन्स्टाग्राम प्रोफाइलमा डिजिटल सुनौलो घेरा पनि थपिएको थियो।

गत नोभेम्बरमा टिकटकले अमेरिकामा आफ्नो पहिलो टिकटक अवार्ड्स आयोजना गरेको थियो। स्न्यापच्याटजस्तै टिकटकले पनि “क्रियटर अफ द इयर,” “भिडियो अफ द इयर,” “म्युज अफ द इयर,” र “ब्रेकथ्रु आर्टिस्ट अफ द इयर” जस्ता विधामा पुरस्कार प्रदान गरेको थियो। टिकटकले जर्मनी, मेक्सिको र कोरियालगायत अन्य देशहरूमा पनि यस्ता कार्यक्रम आयोजना गरिसकेको छ।

स्न्यापच्याटको अवार्ड कार्यक्रम टिकटकसँग मिल्दोजुल्दो हुनेछ किनकि विजेताहरू कार्यक्रमकै क्रममा प्रत्यक्ष रूपमा घोषणा गरिनेछ। कम्पनीका अनुसार कार्यक्रममा क्रिएटरहरू, उद्योगका अगुवा र विशेष अतिथिहरू सहभागी हुनेछन्। विशेष अतिथिमध्ये एक डीजे खालेद रहेका छन्, जसलाई “लाइफटाइम अचिभमेन्ट अवार्ड” प्रदान गरिनेछ।

अवार्ड कार्यक्रम सुरु गरेर स्न्यापच्याटर अन्य प्रतिस्पर्धी प्लेटफर्महरूले आफूलाई केवल सामाजिक सञ्जाल एपभन्दा बाहिर मनोरञ्जन उद्योगका महत्वपूर्ण खेलाडीका रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन्।

द स्न्याप्पीज कार्यक्रम कमेडियन तथा क्रिएटर म्याट फ्रेण्डले सञ्चालन गर्नेछन् र कार्यक्रम स्न्यापको सान्ता मोनिका मुख्यालयमा आयोजना हुनेछ। कम्पनीले मनोनयन सूचीसहित थप विवरण आगामी साताहरूमा सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित: १५ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार