Technology Khabar २३ बैशाख २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । अल ईंग्ल्याण्ड लन टेनिस क्लब (एईएलटीसी), संग पार्टनरसिप गर्दै ओपो च्याम्पियनशिप्स, विम्बलडनको पहिलो आधिकारिक स्मार्टफोन पार्टनर र पहिलो एसियाली पार्टनर समेत बन्न सफल भएको छ ।
ओपोले यसअघि एफसी बार्सिलोना र ईन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) संग आधिकारिक मोबाइल फोन पार्टनरका रुपमा सहकार्य गरिसकेको छ । यो नयाँ सहकार्यलाई ब्राण्डको टेनिस जगत्मा पहिलो पाइलाका रुपमा लिइएको छ ।
च्याम्पियनशिप्स २०१९ देखि ५ बर्षका लागि गरिएको यो सहमतिले दूई ब्राण्डको सहकार्यले प्रमुख विकासोन्मुखस बजारमा आफ्नो उपस्थिती सुदृढिकरणका लागि उब्जाउने पारस्परिक अवसरको प्रतिनिधित्व गर्छ । विम्बलडन ब्राण्डको सहयोग मार्फत ओपोले यूके र यूरोपेली बजारमा आफ्नो उपस्थितीलाई थप सशक्त बनाउनुका साथै बजारमा आफ्नो दिर्घकालिन लगानीको प्रतिबद्धता प्रदर्शित गर्नेछ ।
विम्बलडनको आदर्श ‘ईन परस्यूट अफ ग्रेटनेस’ र ओपोको उत्पादनमा नवप्रबर्तन र डिजाइनप्रतिको प्रतिबद्धतालाई मध्यनजर राख्दै यो पार्टनरशिपको मुख्य अंश च्याम्पियनशिप्समा ओपोको स्मार्टफोन प्रविधिको प्रयोग हुनेछ ।
दुई ब्राण्डको यो सहकार्य दर्शाउनका लागि ओपो स्मार्टफोनका माध्यमबाट खिचिएका केही उत्कृष्ट तस्विरहरु ओपो विम्बलडन फोटो ग्यालरीमा समाविस्त गरिने छ । विम्बलडनमा प्रतिस्पर्धा गरिरहेका मध्य विलक्षण प्रदर्शन गर्न सफल यूवा खेलाडीहरुलाई कम्पनीका तर्फबाट ओपो ब्रेकथ्रो अवार्डपनि प्रदान गरिने जानकारी दिइएको छ ।
‘हामी च्याम्पियनशिप्स, विम्बलडनको पहिलो एसियाली पार्टनर बनेको घोषणा गर्न पाउँदा निकै गौरवान्वित छौँ । यो सहकार्यले यूरोपेली बजारमा हाम्रो विस्तार योजनालाई थप बल प्रदान गर्ने र वैश्विक स्तरमा हाम्रो सन्देश पु¥याउन सघाउनेमा हामी विश्वस्त छौँ,’ ओपोका उपाध्यक्ष ब्रायन शेनले भने ।
‘च्याम्पियनशिप्सका आधिकारिक आपूर्तिकर्ताहरुको परिवारमा ओपोको स्वागत गर्न पाउँदा हामी निकै खुसी छौँ । ओपो स्मार्टफोन्सले विम्बलडनको आईकनिक सुन्दरतालाई हाम्रा विश्वभरका दर्शकमाझ पस्केको हेर्न हामी निकै आतुर छौँ,’ एईएलटीसीका कमर्सियल एण्ड मिडिया डिरेक्टर, मिक देसमण्डले भने ।
पार्टनरसिप घोषणाका लागि अल ईंग्ल्याण्ड क्लबमा आयोजित कार्यक्रममा ओपोका उपाध्यक्ष, ब्रायन शिन र एईएलटीसी कमिटी मेम्बर, टिम हेनम्यान र एईएलटीसीका कमर्सियल र मिडिया डिरेक्टर मिक देसमण्डले औपचारिक हस्ताक्षर गरी घोषणा गरेको कम्पनीले जनाएको छ ।
प्रकाशित: २३ बैशाख २०७६, सोमबार