माघ मसान्तसम्म १४ करोडमाथिको स्मार्टवाच भित्रियो: सबैभन्दा धेरै चीनबाट

  • Technology Khabar | १२ फाल्गुन २०८२, मंगलवार
माघ मसान्तसम्म १४ करोडमाथिको स्मार्टवाच भित्रियो: सबैभन्दा धेरै चीनबाट

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को सातौं महिना माघ मसान्तसम्म साढे १४ करोड माथिको स्मार्टवाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को उक्त अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा १४ करोड २४ लाख ५९ हजार बराबरको ५४ हजार ६९७ थान स्मार्टवाच आयात भएको छ। माघ मसान्तसम्म स्मार्टवाचका लागि यो रकम देशबाहिर जाँदा सरकारले ४ करोड २८ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा नेपालमा विश्वका २० मुलुकबाट उक्त  स्मार्टवाच आयात भएको देखिन्छ।

माघ मसान्तसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै ४८ हजार १२६ थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य ११ करोड २१ लाख ३० हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट ८८ लाख ९२ हजार बराबरको ५ हजार ८३५ थान र भियतनामबाट २ करोड ७ लाख ४१ हजार बराबरको ४६१ थान स्मार्टवाच भित्रिएको छ।

यस्तो छ विवरण:

क्रसंदेशविवरणरकम (हजारमा)
अस्ट्रेलिया४४
बहराइन१०
क्यानडा
चीन४८१२६११२१३०
जर्मनी
भारत५८३५८८९२
इजरायल
कुवेत२९१९
लेबनन
१०मलेसिया
११ओमन
१२फिलिपिन्स५१
१३कतार१५
१४साउदी अरेबिया१६
१५ताइवान१६५
१६थाइल्याण्ड८६
१७यूएई१४४१५२
१८बेलायत१४१३१
१९अमेरिका१५१८०
२०भियतनाम४६१२०७४१

प्रकाशित: १२ फाल्गुन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार