
काठमाडौं ।
आगामी सामसङ ग्यालेक्सी एस२६ अल्ट्राको प्राइभेसी डिस्प्ले सबैभन्दा चर्चित सुविधाहरू मध्ये एक हो। यो प्रविधिले नयाँ एएमओएलईडी प्रविधि प्रयोग गर्दछ र अन–स्क्रिन कन्टेन्ट लुकाउन वा अरुहरुको आँखाले देख्न नसक्ने बनाउनका लागि मद्दत गर्दछ। आगामी चिनियाँ फ्ल्यागशिपहरूले पनि अब यस्तै सुविधा प्रदान गर्न सक्छन् भन्ने नयाँ लीक बाहिरिएको छ।
चिनियाँ स्मार्टफोन निर्माताहरूले आगामी ग्यालेक्सी एस२६ अल्ट्राको जस्तै हार्डवेयर–लेभल प्राइभेसी स्क्रिन प्रविधिको परीक्षण गर्न थालेका छन् भनि प्रख्यात टिपस्टर डिजिटल च्याट स्टेशनले दाबी गरेको छ।
यो सुविधा यो वर्ष सेप्टेम्बर वरिपरि लन्च हुने फ्ल्यागशिप स्मार्टफोनहरूमा देखा पर्न सक्छ भनि टिपस्टरले थप बताएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
हालैका अफवाहहरूले शाओमी १८ सिरिज यो वर्षको सेप्टेम्बर महिनामा अर्थात त्यही समयमा डेब्यू हुन सक्ने सुझाव दिएका छन्। भिभो एक्स५०० लाइनअप र ओप्पो फाइन्ड एक्स१० सिरिज अक्टोबरमा आउने अपेक्षा गरिएको छ भने वानप्लस र रियलमीले एउटै विन्डोमा आफ्ना प्रमुख डिभाइसहरू अनावरण गर्ने सम्भावना रहेको छ।
यी मध्ये कुन मोडेलले नयाँ डिस्प्ले प्रविधि समावेश गर्नेछ भनेर हेर्नको लागि भने पर्खनु पर्नेछ।
प्रकाशित: १२ फाल्गुन २०८२, मंगलवार