एनसेलको मुख्य लगानीकर्ता कम्पनी आजिएटा र टेलिनोर मर्ज हुने

Technology Khabar २३ बैशाख २०७६, सोमबार

काठमाडौं ।

काठमाडौं । एनसेल प्रालिको मूख्य लगानीकर्ता कम्पनी आजिएटा र टेलिनोर ग्रुपबिच मर्जर हुने भएको छ । दुबै कम्पनीले नगदरहित मर्जरको घोषणा गरेका हुन् । यी कम्पनीहरुले एशियामा रहेको आफ्नो टेलिकम र पूर्वाधार सम्पत्तिको मर्जर गर्नेछन् ।

यो मर्जरमा टेलिनोर ग्रुपको शेयर मुख्य हुनेछ भने यी कम्पनीहरुको मुख्य कार्यालय मलेशियामा हुनेछ । मर्जरबाट बन्ने नयाँ कम्पनीले करिब ३० करोड सेवाग्राहीहरुलाई सेवा दिनेछ भने करिब ६० हजार टावरहरु एशियाका नौ देशहरुमा संचालन गर्नेछ ।

मर्जरपछि बन्ने कम्पनीमा लागि टेलिनोरले ५६.५ प्रतिशत हिस्सा ओगट्नेछ भने आजिएटाले ४३.५ प्रतिशत शेयर हिस्सा लिनेछ ।

हाल यो प्रारम्भिक चरणको घोषणा र शेयर मूल्य भएपनि दुबै कम्पनीहरुको ड्यूल डिलिजेन्सपछि बाँकी मिलान हुने बताईएको छ ।

दुबै कम्पनीहरुले पान एशिया टेलिकम कम्पनीहरुका साथमा एशियाका ९ वटा देशहरुमा नेतृत्वदायी, र गुणस्तरीय विविधिकरण सेवा दिने बताएका छन् । यो देशरुमा करिब १ अर्ब मानिसहरुको बसोबास रहेको छ ।

दुबै कम्पनीहरुको मर्जरपछि यो एशियाकै सबैभन्दा ठूलो मोबाइल पूर्वाधार कम्पनीहरुमध्ये एक हुनेछ । मर्जरभएपछि बन्ने कम्पनीको मुख्य कार्यालय मलेशियामा राखिने छ भने यो अन्तराष्ट्रिय स्टक एक्सचेन्जमा सुचिकृत हुनुका साथै मलेशियाको स्टक एक्सचेन्जमा पनि सूचिकृत हुनेछ ।

मलेशियामा भने सेलकम र डिगीलाई मर्जर गर्ने उदेश्य रहेको छ, जसमा मर्जर गरीएको कम्पनीको मुख्य हिस्सा हुनेछ । आजिएटा र एयरटेलले संयुक्तरुपमा संचालन गरिरहेको बंगलादेशमा भएको रोबीलाई भने आजिएटाले नै छुटै र स्वतन्त्ररुपमा व्यवस्थापन गर्नेछ ।

यी दुबै कम्पनीहरु मर्जरपछि लाभको नयाँ अवसर सिर्जना हुनेछ भने करिब ५ बिलियन अमेरिकी डलर मूल्य आउनेछ । यो मर्जरले भविश्यमा हुने लगानीम मद्धत गर्ने कम्पनीहरुले बताएका छन् ।

नयाँ कम्पनीले मलेशिया र एशियाभर प्रविधिको आधुनिकीकरण गर्नेछ भने मलेशियन रिसर्च एण्ड इन्नोभेसन सेन्टर स्थापनामार्फत ५जी प्रविधि, इन्टरनेट अफ थिंग्स, र आर्टिफिशियल इन्टेलिजेन्सको विकास गर्नेछ ।

टेलिनोर आजिएटाले सन् २०१९ को तेस्रो क्वाटरको कारोबारसम्म सम्पूर्ण काम सकिसक्ने बताएका छन् । यो मर्जर कारोबार शेयरहोल्डरहरु, नियमनकारी निकायहरुबाट अनुमति पाउन भने बाँकी रहेको छ ।

टेलिनोरले थाइल्याण्ड, मलेशिया, बंगलादेश, पाकिस्तान र म्यानमारमा दूरसंचार सेवा संचालन गर्दछ । त्यसैगरि आजिएटाले मलेशिया, बंगलादेश, क्याम्बोडिया, नेपाल र श्रीलंका, र इन्डोनेशियामा सेवा प्रदान गर्दछ ।

यो मर्जरबाट करिब १३ बिलियन अमेरिकी डलर आम्दानी गर्ने र ५.५ बिलियनको कम्पनी बन्ने अनुमान गरिएको छ ।

माध्यम

प्रकाशित: २३ बैशाख २०७६, सोमबार

तपाइको प्रतिक्रिया