
काठमाडौं ।
काठमाडौं । इलेक्ट्रिक भेहिकल निर्माता कम्पनी टेस्ला इंकले अटोपाइलट सिस्टममा भन्सार छुट दिन गरेको माग अमेरिकी व्यापार अधिकारीहरुले अस्विकार गरेका छन् । कम्पनीले आफ्नो मोडल ३ सहित अन्य इलेक्ट्रिक भेहिकलमा प्रयोग गर्न लागेको अटोपाइलट सिस्टम अमेरिकामा आयातमा लाग्ने २५ प्रतिशत भन्सार छुट दिनभन्दै आवेदन दिएकोमा अधिकारीहरुले अस्विकार गरेका हुन् ।
सो सिस्टम चीनको औद्योगिक विकास योजनाअन्तरगत भएको भन्दै अमेरिकाले १००० वटा सिस्टमको भन्सार शुल्क २५ प्रतिशत नै लाग्ने जानकारी दिएका हुन् ।
टेस्लासहित अन्य कम्पनीहरुले चीनमा बनेका उत्पादन तथा प्रविधिहरु अमेरिकामा आयात गर्दा लाग्ने अतिरिक्त भन्सार छुट मागेका थिए तर अधिकारीहरुले मेड इन चाइना २०२५ कार्यक्रमअन्तरगत बनेको भन्दै सो आवेदन खारेज गरेका हुन् ।
टेस्लाका सिईओ एलन मस्कले गत साता मात्रै अटोपाइलट ३.० हार्डवेयर सार्वजनिक गरेका थिए जसले टेस्लाका नयाँ गाडिहरुमा फूल सेल्फ ड्राइभिंग अपरेशनलाई सहयोग गर्दछ । यो हार्डयेर टेस्लाका नयाँ मोडल ३, मोडल एस र मोडल एक्स गाडिहरुमा स्ट्याण्डर्डको रुपमा राखिएको छ ।
यो प्रविधिको लागि गाडिका ग्राहकहरुले अतिरिक्त ६,००० अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । यो उपकरणलाई टेस्लाले ब्रेन अफ दि भेहिकल भनेर उल्लेख गरेको छ । जून उपकरण चीनको सांघाईमा रहेको क्वान्टा कम्प्यूटरले बनाएको हो ।
टेस्लाले सो भन्सार शुल्कले गर्दा आफ्नो गाडिको लागत अधिक महंगो हुनसक्ने, कम्पनीको नाफा घट्नसक्ने तथा नयाँ उत्पादक कम्पनी खोज्नुपर्ने अवस्था आएको जनाएको छ । एजेन्सी
प्रकाशित: २२ बैशाख २०७६, आईतवार