गुगल पिक्सेल १०ए स्मार्टफोन टेन्सर जी ५ र थप रिसाइकल गरिएका सामग्रीहरूका साथ लन्च

  • Technology Khabar | १० फाल्गुन २०८२, आईतवार
गुगल पिक्सेल १०ए स्मार्टफोन टेन्सर जी ५ र थप रिसाइकल गरिएका सामग्रीहरूका साथ लन्च

काठमाडौं ।

गुगल पिक्सेल १०ए आधिकारिक रुपमा अनावरण गरिएको छ। पिक्सेल १०एले पहिले जस्तै ६.३ इन्चको एक्टुआ डिस्प्ले कायम राखेको छ र गुगलले पिक्सेल ९एमा रहेको पिक ब्राइटनेसलाई २,७०० निट्सबाट ३,००० निट्समा बढाएको छ। फोनले धुलो र पानी प्रतिरोधको लागि आईपी६८ मूल्याङ्कन पनि कायम राखेको छ।

गुगल पिक्सेल १०एमा नयाँ स्क्रिन सुरक्षा एक व्यावहारिक अपग्रेडहरूको रूपमा थप गरिएको छ। पिक्सेल १०एले अब गोरिल्ला ग्लास ३ को सट्टा गोरिल्ला ग्लास ७आई प्रयोग गर्दछ।

गुगलका अनुसार, नयाँ ग्लास १ मिटर (३.३ फिट) बाट खस्दा पनि केही नहुने र पहिले भन्दा बढी स्क्र्याच–प्रतिरोधी भएको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

सफ्टवेयरतर्फ पिक्सेल १०ए एन्ड्रोइड १६ आउट अफ द बक्सको साथ प्रि–इन्स्टल भएर आउँदछ र सात वर्षको सफ्टवेयर अपडेटहरूको वाचा गरिएको छ। यो फोन जेमिनी असिस्टेन्टदेखि जेमिनी लाइभसम्म जस्ता एआई सुविधाहरूको सुइटहरूका साथमा आउँछ।

फोनको हार्डवेयर भने पूर्ववर्तीको जस्तै रहेको छ। पिक्सेल १०ए पिक्सेल ९ए जस्तै टेन्सर जी ४ चिपसेटमा चल्ने बताइएको छ। साथै र्याम ८ जीबी र स्टोरेज पनि १२८ जीबी वा २५६ जीबीको साथ समान रहेका छन्।

पिक्सेल १०एले क्यामरा सेटअप पनि पूर्ववर्तीको जस्तै कायम राखेको छ। डिभाइसमा १३ मेगापिक्सेल अल्ट्रा–वाइड र १३ मेगापिक्सेल सेल्फी क्यामराको साथ ४८ मेगापिक्सेलको मुख्य रियर लेन्स रहेको छ। पिक्सेल १०एमा क्यामरा कोच, अटो बेस्ट टेक र एड मी जस्ता एआई–सुविधाहरू भने नयाँ थप गरिएका छन्।

गुगल पिक्सेल १०ए र पिक्सेल ९एमा के फरक छ?

पिक्सेल ९ए र पिक्सेल १०ए बिचको भिन्नता डिजाइन पक्षमा रहेको बताइएको छ। डिभाइसको पछाडि भाग अब ८१ प्रतिशत रिसाइकल प्लास्टिकबाट निर्माण गरिएको छ। गुगलले ३६ प्रतिशत रिसाइकल प्लास्टिकबाट बनेको नयाँ पिक्सेल १०ए केस पनि प्रस्तुत गरेको छ र यसको रङ्ग फोनको रङ्गसँग मिल्ने उल्लेख छ। तर बिल्ट–इन म्याग्नेटहरू डिभाइस र केस दुवैमा समावेश गरिएको छैन्।

गुगलले पिक्सेल १०एले कुनै पनि अघिल्ला पिक्सेल ए–सिरिज फोनहरुले भन्दा बढी रिसाइकल सामग्रीहरू प्रयोग गरेको बताएको छ। लाइनअपमा रिसाइकल गरिएको कोबाल्ट, कपर, गोल्ड र टंगस्टन समावेश गर्ने यो पहिलो डिभाइस भएको र डिभाइसको तौलमा कम्तिमा ३६ प्रतिशत हलुका बन्ने उल्लेख गरिएको छ। एल्युमिनियम फ्रेम १०० प्रतिशत रिसाइकल सामग्रीबाट बनेको र प्याकेजिङ पूर्ण रूपमा प्लास्टिक–मुक्त रहेको छ।

गुगल पिक्सेल १०ए फग, ओब्सिडियन, बेरी र ल्याभेन्डर रङ्गमा उङ्गलब्ध हुनेछ। डिभाइसको ८/१२८ जीबीको मूल्य ४९९ अमेरिकी डलरबाट सुरु हुनेछ।

डिभाइसको प्रि–अर्डर सुरु भइसकेको र मार्च ५ देखि खुला बिक्री सुरु हुनेछ।

प्रकाशित: १० फाल्गुन २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार