नेपालमा ओयोको सेवा ३ देखि १० सहरमा बिस्तार

  • Technology Khabar | २२ बैशाख २०७६, आईतवार
नेपालमा ओयोको सेवा ३ देखि १० सहरमा बिस्तार

काठमाडौं ।

काठमाडौं । फ्रान्चाइज होटल, घर र वासस्थलहरुको सञ्जाल ओयो होटलस् र होम्सले नेपालमा आफ्नो सञ्जाललाई ३ देखि १० शहर सम्म विस्तार गरेको छ ।

कम्पनीले मे २०१७ मा काठमाडौंबाट सञ्चालनको सुरुवात गरेको थियो र अब पोखरा, धुलिखेल, भक्तपुर, नगरकोट, चितवन, बिराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगढीमा अवस्थित छ । ओयोको सञ्जालमा २०० भन्दा बढी होटलहरु ३४०० भन्दा बढी कोठाहरु रहेका छन् ।

ओयो होटल्स र होम्सको इन्डिया र दक्षिण एसिया प्रमुख कार्यकारी अधिकृत आदित्य घोषले भने, ‘हामीले हालै भारत र दक्षिण एसियाको लागि भारु १,४०० करोडको लगानी गरेका छौं र नेपाल रणनीतिक बजार भएको हुनाले हामी हरेक प्रकारको अचल सम्पत्तिहरुमा महत्व थपेर नेपालको अतिथ्यता उद्योगलाई परिवर्तन गर्न धेरै मेहेनत गरेर काम गरिरहेका छौं ।’

औसतमा ओयोको सञ्जालसँग आवद्ध हुने प्रोर्पटीहरुले ६५ प्रतिशत अक्युपेन्सी पाइरहेको कम्पनीको दाबी छ ।

नेपालमा सञ्चालन सुरुवात गरेदेखि ओयोले अतिथि अनुभवमा मानकीकरण र स्थिरता निक्ष्चित गर्न २०० भन्दा बढी होटलहरुलाई रुपान्तरण गरेको छ । ३४०० भन्दा बढि अनन्य कोठाहरु यस देशको सञ्जालका सदस्य भएको कम्पनीले जनाएको छ।

प्रकाशित: २२ बैशाख २०७६, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार