
काठमाडौं ।
गत महिना सामसङले नयाँ प्राइभेसी स्क्रिन सुविधाको साथ ग्यालेक्सी एस२६ अल्ट्रामा “गोपनीयताको नयाँ तह” थप्ने कुरा खुलासा गरेको थियो। अब कम्पनीले यो सुविधाले कसरी काम गर्छ भनेर देखाउने छोटो भिडियो साझा गरेको छ।
यो प्रविधिले पठनीयतालाई असर नगरी छेउबाट हेर्दा सम्पूर्ण स्क्रिन वा स्क्रिनको विशिष्ट भागहरू कालो देखाउने छ।
जिरो–पिकिङ प्राइभेसी टगल सक्षम गर्दा सम्पूर्ण स्क्रिन कालो हुने भिडियोमा देखाइएको छ। फोनमा यो सुविधामाथि प्रति–पिक्सेल नियन्त्रण उपलब्ध हुनुका साथै संवेदनशील जानकारीको साथ नोटिफिकेसनहरू मात्र ब्ल्याक आउट गर्न सक्ने रोचक कुरा रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
यो सुविधालाई नियन्त्रण गर्नको लागि विभिन्न तरिका छनौट गर्न सकिनेछ। यो सुविधालाई म्यानुअल रूपमा टगल गर्न वा बन्द गर्न सकिनुका साथै फोनले स्वचालित रूपमा टगल पनि गर्न सक्ने उल्लेख गरिएको छ।
यो सुविधा निकै राम्रो भएको कारणले गर्दा अब एप्पलले २०२९ मा आफ्नो म्याकबुकहरूमा यो सुविधा फिचर गर्ने आइस युनिभर्सले उल्लेख गरेको छ।
एचपीमा ‘स्युर भ्यू’ को रुपमा र लेनोभोमा ‘प्राइभेसीगार्ड’ को नामको साथ केही ल्यापटपहरूमा यो सुविधाको आधारभूत संस्करण उपलब्ध रहेको छ।
यद्यपि ती ल्यापटपहरूहरूले यो सुविधालाई सम्पूर्ण स्क्रिनको लागि मात्र सक्षम गर्न सक्ने बताइएको छ र ग्यालेक्सी एस२६ अल्ट्राले जस्तै स्क्रिनको केही भागहरूमा मात्र सक्षम पार्न नसक्ने उल्लेख गरिएको छ।
ग्यालेक्सी एस२६ सिरिज फेब्रुअरी २५ मा (अर्को हप्ता बुधबार) अनावरण गरिनेछ।
प्रकाशित: ५ फाल्गुन २०८२, मंगलवार