विद्युत् प्राधिकरणले एआई साथी एप प्रयोगमा ल्याउने

  • Technology Khabar | ५ फाल्गुन २०८२, मंगलवार
विद्युत् प्राधिकरणले एआई साथी एप प्रयोगमा ल्याउने

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले दिने सेवालाई ग्राहक सेवामैत्री र सरल बनाउन कृत्रिम बौद्धिकता (एआई) लाई प्रयोगमा ल्याइने भएको छ । त्यसका लागि एनइए एई साथी एप प्रयोगमा ल्याउन लागिएको प्राधिकरणले जनाएको छ।

कृत्रिम बौद्धिकतालाई प्रविधिका रूपमा मात्र नभई संस्थागत साथीका रूपमा आत्मसात् गर्ने नवीन अवधारणासहित एनइए एआई साथी प्रणाली (एप) प्रयोगमा ल्याउन लागेको प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार एआईलाई ग्राहकले चाहेका सूचना दिने, समस्याको समाधान दिने जस्ता आधारभूत कार्यदेखि भविष्यमा संस्थागत विकासका लागि तथ्याङ्क विश्लेषण, प्रणाली व्यवस्थापनलगायतमा पनि उपयोगमा ल्याउने सोच छ।

प्राधिकरणले यसका अतिरिक्त अन्य नवीनतम प्राविधिक उपलब्धिलाई प्राधिकरणको संस्थागत विकासमा उपयोग गर्ने गरी प्राधिकरणका प्राविधिक तथा विज्ञबिच ह्याकाथन कार्यक्रम गरेको जनाएको छ।

कार्यक्रममा प्राप्त प्राविधिक अवधारणालाई नवप्रवर्तन, डिजिटल सोल्युसन तथा अन्य हिसाबले उपयोगमा ल्याएर प्रविधिमैत्री प्राधिकरण बनाउने सोच रहेको जनाइएको छ।

प्रकाशित: ५ फाल्गुन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार