
काठमाडौं ।
बोस्नियाको साराजेभोमा रोबी नामक ह्युमनोइड रोबोट प्रदर्शन गरिएको छ। बोस्नियामा पहिलो पटक सार्वजनिक रुपमा प्रदर्शन गरिएको ह्युमनोइड रोबोटिक्सले पर्यटन र सेवाहरूमा आफ्नो भूमिका प्रदर्शन गरेको छ।
भान्द्री रोबोटिक्सद्वारा विकसित उक्त रोबोट पसल र बजार स्टलहरू बीच हिँडडुल गरेको र मानिसहरूलाई उत्सुक बनाएको टेलीग्राफले रिपोर्ट गरेको छ।
शहरको ऐतिहासिक वातावरणको सम्मान गर्दै सार्वजनिक र व्यावसायिक स्थानहरूमा रोबोटहरू कसरी सञ्चालन गर्न सक्छन् भनेर देखाउनु यो कार्यक्रमको उद्देश्य भएको बताइएको छ।
भान्द्री रोबोटिक्सले तयार गारको रोबी रोबोटलाई विषेश गरी पर्यटन, शिक्षा र सार्वजनिक सेवाहरूको लागि निर्माण गरिएको बताएको छ।
विकासकर्ताहरूले यो कदम प्रतिस्थापनमा नभइ प्राकृतिक सञ्चार र मानिसहरूसँगको सहकार्यमा केन्द्रित भएको बताएका छन्।
साराजेभोबाट सुरु गरिएको उक्त प्रदर्शन अब बोस्नियाले दैनिक जीवनमा ह्युमनोइड रोबोटहरूको भूमिकाको अन्वेषण गर्दा राष्ट्रिय भ्रमण निस्किएको उल्लेख गरिएको छ।
प्रकाशित: ५ फाल्गुन २०८२, मंगलवार