
काठमाडौं ।
सामसङ नेपालले टी२० विश्वकप सिजनलाई अझ बढी रमाइलो बनाउनकालागि आफ्ना विभिन्न टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ।
यस योजना अन्तर्गत प्रिमियम क्यूएलईडी टीभीदेखि एचडी टीभीका मोडेलहरूमा आकर्षक २१ प्रतिशतसम्मको क्यासब्याक तथा रु ७ हजारसम्मको एक्सचेन्ज बोनस उपलब्ध गराई ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अपग्रेड गर्न उत्तम अवसर प्रदान गरेको छ।
फोरके एआई अपस्केलिङ क्वालिटी भएका ८५ इन्च सम्मका ठुलो स्क्रीन र एडप्टिभ साउण्ड फिचरहरुका कारण सामसङ टिभीले हरेक खेललाई अझ स्पष्ट र रोमाञ्चक बनाउदै घरमै स्टेडियमजस्तो अनुभव दिन मद्दत गर्छ। साथै सामसङ नक्स सेक्युरिटीले स्मार्ट कनेक्टिभिटीलाई सुरक्षित, भरपर्दो र संरक्षणसहित बनाउँछ।
यसका साथै मनोरन्जनको अनुभवलाई अझ राम्रो बनाउन सामसङले २०२१ देखि २०२५ सम्म उत्पादन भएका टिभीको खरिद गर्दा ३ हजारसम्मको नि:शुल्क नेटटीभी प्याकेज पनि प्रदान गर्दैछ।
क्यूएलईडी र यूएचडी मोडेल किन्दा १२ महिनाको निःशुल्क नेटटीभी सब्स्क्रिप्सन रएफएचडी र एचडी मोडेल किन्दा ६ महिनाको निःशुल्क नेटटीभी सब्स्क्रिप्सन पाइने कम्पनीले जनाएको छ।
सामसङ टिभीमा नेटटीभी एप सक्रिय गर्न तलको प्रक्रियाहरूको पालना गर्नुपर्नेछ:
ग्राहकलाई थप आश्वासन प्रदान गर्नका लागि सामसङले आफ्ना टी, ए, बी, सी, डी र एफ सिरिज टीभीहरूमा उत्पादनसम्बन्धी त्रुटि कभर हुने ३ वर्षको व्यापक वारेन्टी पनि प्रदान गर्दछ।
उपलब्ध अफरहरु

यसबाहेक हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित सामसङ इन्स्टाफाइनान्स सेवामार्फत सामसङ होम अप्लायन्स शून्य प्रतिशत ब्याजदरमा सजिला किस्ताबन्दीमा पाउन सक्ने कम्पनीको दावी छ।
प्रकाशित: २६ माघ २०८२, सोमबार