प्लेस्टेशन ५ ले विश्वव्यापी बिक्रीमा प्लेस्टेशन ३ लाई उछिन्यो

  • Technology Khabar | २६ माघ २०८२, सोमबार
प्लेस्टेशन ५ ले विश्वव्यापी बिक्रीमा प्लेस्टेशन ३ लाई उछिन्यो
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

विश्वव्यापी बजारमा प्रस्तुत गरिएको ६ वर्ष पछि सोनी प्लेस्टेशन ५ कन्सोलले ऐतिहासिक कोसेढुङ्गा पार गरेको छ।

पछिल्लो तथ्याङ्क अनुसार पीएस५ ले लगभग ८९.४४ मिलियन युनिटहरू बिक्री गरेको छ र पीएस३ ले लगभग ८७.४० मिलियन युनिटहरू बिक्री गरेको छ। यो उपलब्धिसँगै पीएस५ अब सोनीको सबैभन्दा सफल कन्सोलहरू मध्ये एक बनेको छ।

बिक्रीतर्फको यो उपलब्धिले प्लेस्टेशन ब्रान्डको निरन्तर शक्ति र नोभेम्बर २०२० मा डेब्यू भएको पाँच वर्ष पछि पनि पीएस५ ले विश्वभर प्राप्त गरेको विशाल लोकप्रियतालाई प्रदर्शन गरेका टेलीग्राफले रिपोर्ट गरेको छ।

उद्योग विश्लेषकहरूले यो उपलब्धिलाई एक महत्त्वपूर्ण क्षण मानेका छन् र पछिल्लो पुस्ताका खेलहरूका साथै डिभाइसहरूको माग उच्च भएको संकेत गरेको बताएका छन्।

प्रकाशित: २६ माघ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार