
काठमाडौं ।
गत वर्षको नोभेम्बरमा लन्च गरिएको अनर ५०० को उत्तराधिकारीमा अनरले पहिले नै काम गरिरहेको बताइएको छ। अब अनर ६०० को बारेमा केही विवरणहरू चीनबाट बाहिरिएका छन्।
फोनमा कथित रूपमा ६.५७–इन्चको स्क्रिन हुनेछ। त्यो अनर ५०० को ६.५५–इन्चको प्यानल भन्दा थोरै ठूलो हुनेछ। साथै अझ महत्त्वपूर्ण कुरा भनेको अनर ६०० मा अब ९,००० एमएएच ब्याट्रीको साथ परीक्षण गरिँदैछ भनि जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
उक्त ब्याट्री आफ्नो पूर्ववर्ती भन्दा १,००० एमएएच ठूलो भएको र यो आकारको स्मार्टफोनको लागि उक्त ब्याट्री क्षमता निकै प्रभावशाली हुनेछ। यद्यपि, अनर ६०० को बारेमा अन्य कुनै विवरणहरू लीक नभएको बताइएको छ।
प्रकाशित: २६ माघ २०८२, सोमबार