सामसङ ग्यालेक्सी एस२६ को आधिकारिक रेन्डर लीक

  • Technology Khabar | २६ माघ २०८२, सोमबार
सामसङ ग्यालेक्सी एस२६ को आधिकारिक रेन्डर लीक
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

ग्यालेक्सी एस२६ अल्ट्रालाई ३६०–डिग्री भिडियो मार्फत सबै कोणबाट देखाउने पहिलेको लीक पछि अब इभान ब्लास (उर्फ इभलीक्स) केही धेरै आधिकारिक देखिने हाइ–रिजोल्युसन रेन्डरहरू लिएर फर्किएका छन्। उक्त हाइ–रिजोल्युसन रेन्डरहरू भेनिला ग्यालेक्सी एस२६ को जस्तो देखिएको छ। साथै तस्बिरहरू एस२६+ को पनि हुने सम्भावना रहेको बताइएको छ। यद्यपि क्यामरा आइल्याण्डले कुल लम्बाइले कति भाग ओगटेको छ भन्ने आधारमा भने यो एस२६ हुने सम्भावना अलि बढी भएको उल्लेख गरिएको छ।

हालको तस्बिरहरूमा डिभाइसको सेतो रङ्ग बाहेक केहि नयाँ कुरा देखा नपरेको र डिजाइनको बारेमा पहिलेका लीकहरुले उल्लेख गरेका सबै सुविधाहरू पुनः पुष्टि गरिएको छ। डिजाइनको सन्दर्भमा अण्डाकार आकारको क्यामरा आइल्याण्डले अब सबै तीन सेन्सरहरू र सानो सिमेट्रिकल डिस्प्ले बेजेलहरू समेट्छ। सेल्फी क्यामराको साथमा बटनहरू पनि सामान्यतया सामसङमा अपेक्षा गरिएकै ठाँउमा रहेको उल्लेख गरिएको छ।

ग्यालेक्सी एस२६ मा आफ्नो पूर्ववर्तीको तुलनामा मुख्य अपग्रेडहरूको रुपमा ४,३०० एमएएच ब्याट्री र नयाँ चिपसेट हुने अपेक्षा गरिएको छ। केही बजारहरूमा एक्सिनोस २६०० हुनेछ भने उत्तर अमेरिकाले स्न्यापड्रागन ८ एलिट जेन ५ पाउने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २६ माघ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...