यो वर्ष इन्ट्री–लेभल आईप्याडले एप्पल इन्टेलिजेन्स समर्थन पाउन सक्ने

  • Technology Khabar | २५ माघ २०८२, आईतवार
यो वर्ष इन्ट्री–लेभल आईप्याडले एप्पल इन्टेलिजेन्स समर्थन पाउन सक्ने

काठमाडौं ।

एप्पलको पछिल्लो इन्ट्री–लेभल आईप्याड गत वर्षको मार्च महिनामा आएको थियो। यो आईप्याडमा ६ जीबी र्र्यामसँग ए१६ बायोनिक चिप समावेश गरिएको छ। सामान्यतया जापानमा भरपर्दो मानिएको स्रोतबाट आएको एउटा नयाँ अफवाहले यो वर्षको वसन्त ऋतुमा कुनै समय एप्पलको नयाँ इन्ट्री–लेभल आईप्याड आधिकारिक रूपमा सार्वजनिक गरिने दाबी गरेको छ।

यो डिभाइस आफ्नो पूर्ववर्ती जस्तै देखिनेछ र ८ जीबी र्यामको साथ ए१८ चिप (पहिलो पटक आईफोन १६ मा देखिएको) द्वारा संचालित हुनेछ। यो डिभाइसले एप्पल इन्टेलिजेन्सलाई समर्थन गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

सबैभन्दा सस्तो आईप्याडमा अब अपग्रेड गरिएको एसओसी र अतिरिक्त र्याम उल्लेखनिय परिवर्तनहरू मध्य एक हुन सक्ने बताइएको छ।

प्रकाशित: २५ माघ २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...