राष्ट्रिय परिचयपत्र प्रमाणीकरणका लागि सफ्टवेयर प्रयोग गर्नुअघि राष्ट्रिय कर्जा सूचना केन्द्रबाट प्रमाणीकरण प्राप्त गर्नुपर्ने

  • Technology Khabar | २३ माघ २०८२, शुक्रबार
राष्ट्रिय परिचयपत्र प्रमाणीकरणका लागि सफ्टवेयर प्रयोग गर्नुअघि राष्ट्रिय कर्जा सूचना केन्द्रबाट प्रमाणीकरण प्राप्त गर्नुपर्ने

काठमाडौं ।

बायोमेट्रिक उपकरण प्रदायक तथा सेक्योर क्लाइन्ट मोड्युल (एससीएम) विकासकर्ताहरूलाई राष्ट्रिय परिचयपत्र प्रमाणीकरण प्रयोजनका लागि उपकरण तथा सफ्टवेयर प्रयोग गर्नुअघि क्जा सूचना केन्द्रबाट प्रमाणीकरण अनिवार्य प्राप्त गर्नु पर्ने भएको छ। केन्द्रले हालै एक सूचना प्रकाशित गरी यसबारे सम्बन्धित सबैलाई जानकारी गराएको हो।

नेपाल सरकारद्वारा जारी राष्ट्रिय परिचयपत्र प्रमाणीकरण प्रणालीलाई थप प्रभावकारी, सुरक्षित तथा विश्वसनीय बनाउन यस कर्जा सूचना केन्द्रले GovDataAxis मार्फत प्रयोग हुने बायोमेट्रिक उपकरण तथा सेक्योर क्लाइन्ट मोड्युल (एससीएम) को अनिवार्य अनुरूपता मूल्याङ्कन (कन्फर्मिटी एसेसमेन्ट) प्रक्रिया लागू गरेको छ।

सोही प्रयोजनका लागि विकासकर्ताले उपकरण तथा सफ्टवेयर प्रयोग गर्नुअघि केन्द्रबाट प्रमाणीकरण प्राप्त गर्नुपर्ने अनिवार्य गरिएको हो।

के हो GovDataAxis?

GovDataAxis नेपाल राष्ट्र बैंकद्वारा नियमन गरिएका संस्थाहरूलाई राष्ट्रिय स्तरका परिचयपत्र/कागजात डाटाबेसको पहुँच उपलब्ध गराउने दायित्व पाएको कर्जा सूचना केन्द्रले यस दायित्वलाई पूरा गर्न विकास गरेको साझा प्लेटफर्म हो जसलाई राष्ट्रिय स्तरका परिचयपत्र/कागजात प्रमाणीकरण सेवाहरू प्रदान गर्नका लागि डिजाइन गरिएको हो।

राष्ट्रिय स्तरका परिचयपत्र/कागजात प्रमाणीकरणले राष्ट्रिय स्तरका परिचयपत्र/कागजातको डाटाबेसमा दर्ता भएका नागरिकहरूको पहिचान प्रमाणित गर्न बायोमेट्रिक उपकरणहरूको प्रयोग गर्दछ। देशभर विभिन्न जलवायु अवस्थाहरूमा ठूलो सङ्ख्यामा फिङ्गरप्रिन्ट र आइरिस स्क्यानरहरू तैनाथ गरिने भएकाले नागरिकहरूको बायोमेट्रिक डाटाको सुरक्षा अत्यन्तै महत्वपूर्ण हुन्छ।

यो मूल्याङ्कनले यी उपकरणहरूले कडा प्राविधिक विनिर्देशन, मार्गनिर्देशन र मापदण्डहरू पूरा गरेको पुष्टि गर्दछ, जसले बायोमेट्रिक डाटा सुरक्षित रूपमा संकलन, प्रसारण र प्रशोधन हुने सुनिश्चित गर्दै उच्चतम शुद्धता र नागरिकको गोपनीयताको संरक्षण कायम राख्ने केन्द्रले जनाएको छ।

प्रकाशित: २३ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार