
काठमाडौं ।
ओमडियाको तथ्याङ्क अनुसार, एप्पलले गत वर्ष स्मार्टफोन संसारमा रेकर्ड तोड्ने २४०.६ मिलियन युनिट ढुवानी गर्दै १९ प्रतिशत बजार हिस्सा ओगटेको छ। कम्पनीले सामसङको २३९.१ मिलियन ढुवानीलाई धेरै झिनो अन्तरले पछाडि पारेको छ। समग्रमा भने कोरियाली कम्पनीको बजार हिस्सा पनि १९ प्रतिशत रहेको छ।
एप्पल र सामसङ दुवैले २०२४ को तुलनामा आफ्नो ढुवानी ठ्याक्कै ७ प्रतिशतले बढाएका छन्। प्रमुख निर्माताहरूमध्ये अनरबाट सबैभन्दा छिटो ११ प्रतिशतको वृद्धि आएको बताइएको छ।
तेस्रो स्थानमा २०२४ मा २ प्रतिशत बिक्री गिरावटको साथ रहेको शाओमीले १६५.४ मिलियन युनिट ढुवानी गर्दै १३ प्रतिशत बजार हिस्सा ओगटेको छ। त्यसपछि १०५.३ मिलियन ढुवानी, ८ प्रतिशत बजार हिस्सा र ४ प्रतिशत वार्षिक वृद्धिको साथ भिभो चौथो स्थानमा छ। ओप्पो १० करोड ७० लाख ढुवानी, ८ प्रतिशत बजार हिस्सा र २०२४ को तुलनामा ३ प्रतिशत बिक्री गिरावटको साथ पाँचौं स्थानमा रहेको छ।
ट्रान्सनले पनि ८ प्रतिशत बजार हिस्साको साथ लगभग शीर्ष पाँचमा प्रवेश गरेको बताइएको छ भने यो पछि अनर ६ प्रतिशत, लेनोभो ५ प्रतिशत, ह्वावे ४ प्रतिशत र रियलमीसँग ३ प्रतिशत बजार हिस्सा रहेको छ।
२०२५ मा समग्र बजार २ प्रतिशतले बढेर १.२५ अर्ब एकाइ ढुवानी भएको छ। “राष्ट्रिय अनुदान योजनाको फिक्का प्रभाव” को कारणले थोरै गिरावट आएको हुनाले चाइना बाहेक सबै क्षेत्रहरूमा वृद्धि भएको छ।
चाखलाग्दो कुरा के छ भने, आईफोन १७ सिरिजको माग बलियो भएको कारणले गर्दा एप्पलले चीनमा २६ प्रतिशत वृद्धि गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २४ माघ २०८२, शनिबार