नेपाल लाइफद्वारा इसेवासँगको सहकार्यमा “सुपर टर्म लाइफ इन्स्योरेन्स” सार्वजनिक

  • Technology Khabar | २३ माघ २०८२, शुक्रबार
नेपाल लाइफद्वारा इसेवासँगको सहकार्यमा “सुपर टर्म लाइफ इन्स्योरेन्स” सार्वजनिक

काठमाडौं ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवासँगको सहकार्यमा “सुपर टर्म लाइफ इन्स्योरेन्स” शिर्षकमा म्यादी जीवन बिमा योजना सार्वजनिक गरेको छ।

अप्रत्याशित घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजना बजारमा ल्याएको हो।

कम्पनीको दावी अनुसार यस योजनाको मुख्य उद्देश्य बीमित व्यक्तिको अनुपस्थितिमा परिवारलाई दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्नु हो। जीवनको अनिश्चितता र बढ्दो आर्थिक दायित्वलाई मध्यनजर गर्दै तयार गरिएको यस योजनाले न्यून प्रिमियम दरमै उच्च बीमा सुरक्षा उपलब्ध गराउनेछ।

विशेषगरी सीमित आम्दानी भएका तथा पहिलो पटक जीवन बीमा लिन चाहने वर्गका लागि यो योजना अत्यन्तै उपयोगी हुने अपेक्षा गरिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले “सुपर टर्म लाइफ इन्स्योरेन्स योजनाले संकटको समयमा परिवारलाई प्रर्याप्त आर्थिक सहारा प्रदान गर्ने बताए।

सहज, सुलभ तथा किफायती प्रिमियममा उपलब्ध यस योजनामार्फत सबै वर्गका नागरिकलाई जीवन बीमाको पहुँचमा ल्याउने लक्ष्यका साथ यो योजना सार्वजनिक गरिएको भन्दै उनले जीवनमा आइपर्न सक्ने अनपेक्षित जोखिमबाट परिवारको भविष्य सुरक्षित गर्न यो योजना प्रभावकारी हुने बताए।

नेपाल लाइफ इन्स्योरेन्सले बीमा साक्षरता अभिवृद्धि गर्दै आम नागरिकलाई वित्तीय सुरक्षाको दायरामा ल्याउने उद्देश्यका साथ नविन र ग्राहक–मैत्री बीमा योजनाहरू निरन्तर रूपमा पस्किँदै आएको छ।

‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ पनि सोही प्रतिबद्धताको एक महत्वपूर्ण कदमका रूपमा लिइएको छ। यस योजनाले परिवारको आर्थिक स्थायित्व सुनिश्चित गर्नुका साथै दीर्घकालीन वित्तीय योजना बनाउन नागरिकलाई प्रेरित गर्नेछ।

यो १ वर्षे टर्म लाइफ इन्स्योरेन्स योजनाको प्रिमियम वार्षिक रु. ७२५ बाट सुरु हुनेछ र बिमितले रु. ५,००,००० देखि रु. २०,००,००० सम्मको जीवन बिमा सुरक्षा प्राप्त गर्न सक्नेछन् र १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकहरूले यो बिमा योजना लिन सक्ने कम्पनीले जनाएको छ।

‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ अन्तर्गत बिमितको आकस्मिक मृत्यु तथा दुर्घटनामा मृत्यु दुवै अवस्थामा बिमा सुरक्षा प्रदान गरिनेछ।

यस योजनाले अकस्मात् हुने जोखिमको अवस्थामा परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्दै दैनिक जीवनयापन, ऋणको भार, तथा भविष्यका आवश्यकताहरूमा आर्थिक सहारा प्रदान गर्ने विश्वास लिइएको छ। ग्राहकहरूले यो बिमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सकिनेछन् र पोलिसी तुरुन्तै इमेलमार्फत प्राप्त हुनेछ।

 

प्रकाशित: २३ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार