
काठमाडौं ।
गत वर्षको नोभेम्बरमा गुगलले जेमिनीलाई गुगल म्याप्समा समावेश गर्दै च्याटबट ड्राइभिङ नेभिगेसनको समयमा प्रयोग गर्न उपलब्ध बनाएको थियो। अब यो वाकिङ (हिड्ने) र साइकलिङ (साइकल यात्रा) दिशाहरूको लागि पनि उपलब्ध भएको छ।
गुगलले यो सुविधालाई आफ्नो पर्सनल वाकिङ टुर (व्यक्तिगत पैदल यात्रा) गाइडको रूपमा प्रयोग गर्न सकिने बताएको छ। प्रयोकर्ताले आफू कुन छिमेकमा छु, शीर्ष मूल्याङ्कन गरिएका रेस्टुरेन्टहरू नजिकै कता छन् भन्ने प्रकारको र चाहेको कुनै पनि कुराहरु सोध्न सकिने छ।
जेमिनीले “म्याप्स(नक्सा) को रियल वर्ल्ड (वास्तविक संसार) को बारेमा ताजा, व्यापक जानकारी” मा आधारित प्रयोकर्ताको मार्गमा विकल्पहरू सिफारिस गर्नेछ। साथै साइकल चलाउँदै गरिरहेको अवस्थामा जेमिनीको ह्यान्ड्स–फ्री अझ उपयुक्त हुनेछ। ह्यान्ड्स–फ्रीले प्रयोकर्ताको ईटीए के हो, अर्को बैठक कहिले हो भनेर बताउन सक्ने र प्रयोकर्ताको लागि मानिसहरूलाई टेक्स्ट पनि गर्न सक्ने छ।
यो सुविधा अब आईओएस र एन्ड्रोइडमा विश्वव्यापी रूपमा जेमिनी उपलब्ध भएका स्थानहरुमा” रोल आउट हुँदैछ। सबै गुगल रोलआउटहरू जस्तै सबै स्थानहरुमा पुग्नको लागि केही समय लाग्न सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १८ माघ २०८२, आईतवार