नेपाल टेलिकमले माग्यो विभिन्न पदमा स्थायी कर्मचारीका लागि दरखास्त

  • Technology Khabar | १६ माघ २०८२, शुक्रबार
नेपाल टेलिकमले माग्यो विभिन्न पदमा स्थायी कर्मचारीका लागि दरखास्त

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न पदमा स्थायी कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। सरकारी कम्पनीले शुक्रबार जारी गरेको सूचनाअनुसार तेस्रो तहदेखि नवौं तहसम्मका कर्मचारीहरु माग गरेको छ।

कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत कर्मचारी नियुक्त गर्ने भएको छ।

नेपाल टेलिकमको सूचना अनुसार, लोक सेवा आयोगमार्फत जुनियर टेक्निसियन (तेस्रो तह) देखि उपप्रबन्ध (नवौँ तह) सम्मका १२ ओटा पदमा ८० जना कर्मचारी नियुक्त गरिनेछ।

इच्छुक तथा योग्य नेपाली नागरिकले अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यस्तै ८ र ९ तहका लागि आठ सय रुपैयाँ ६ र ७ तहको लागि सात सय रुपैयाँ ४ र ५ तहको लागि पाँच सय रुपैयाँ र ३ तहको लागि तीन सय रूपैयाँ परीक्षा दस्तुर लाग्नेछ। समावेशी समूह ६, ७, ८ र ९ तहका लागि दुई सय र ३, ४ र ५ तहका लागि एक सय रूपैयाँ लाग्नेछ।

आवेदन दिने अन्तिम म्याद फागुन ७ गतेसम्म तोकिएको छ। तोकिएको समयभित्र आवेदन दिन छुटेका उम्मेदवारले दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सक्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।

प्रकाशित: १६ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार