
काठमाडौं ।
फ्रान्सेली संसदले १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको पक्षमा मतदान गरेको छ।
फ्रान्सको संसदको तल्लो सदनले राष्ट्रपति इमानुएल म्याक्रोनद्वारा समर्थित मस्यौदा कानूनको पक्षमा मतदान गरेको हो, जसको उद्देश्य फ्रान्सेली बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरूबाट जोगाउनु हो।
प्रस्तावित विधेयकको पहिलो धाराले १५ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई बालबालिकाको शारीरिक, मानसिक वा नैतिक विकासको लागि हानिकारक मानिने भिडियो-साझेदारी सेवाहरूमा पहुँच गर्न प्रतिबन्ध लगाउँछ।
प्रतिबन्धको अधीनमा रहेका प्लेटफर्महरूको सूची मिडिया नियामक आर्कमसँगको सहकार्यमा तयार पारिने रिपोर्टमा उल्लेख छ।
यसैबीच राष्ट्रपति इमानुएल म्याक्रोनने आफ्ना बालबालिकाको दिमाग बिक्रीको लागि नभएको बताएका छन्। अमेरिकास्थित फ्रान्सेली दूतावासले जारी गरेको भिडियोमा उनले भने, “उनीहरूको ‘भावनाहरू अमेरिकी प्लेटफर्म वा चिनियाँ एल्गोरिदमद्वारा हेरफेरको लागि उपलब्ध छैनन्।”
प्रकाशित: १५ माघ २०८२, बिहीबार