
काठमाडौं ।
असुसले चीनमा जेनबुक १४ एयर २०२६ को घोषणा गरेको छ। यो एक हल्का एआई–संचालित ल्यापटप पेशेवरहरू र सिर्जनाकर्ताहरूका लागि डिजाइन गरिएको हो भने ल्यापटपले प्रदर्शनमा सम्झौता नगरी पोर्टेबिलिटीलाई प्राथमिकता दिएको छ। यो ल्यापटप कम्पनीको पछिल्लो एआई पीसी लन्च कार्यक्रममा डुअल–स्क्रिन जेनबुक १४ डुओ सँगसँगै अनावरण गरिएको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
असुस जेनबुक १४ एयर २०२६ को स्पेसिफिकेशनहरूः
जेनबुक १४ एयर १८ए प्रोसेसमा निर्मित इन्टेल थर्ड–जेन कोर अल्ट्रा प्रोसेसरहरूमा चल्छ भने यो कोर अल्ट्रा ९ ३८६एचमा ४.९गिगाहर्ज सम्मको बूस्ट स्पीडको साथ शीर्ष स्थानमा छ। असुसले कोर अल्ट्रा ७ भेरियन्ट पनि प्रदान गर्दछ। दुबै चिपहरूले पर्फर्मेन्स, इफिसियन्सी र लो–पावर इफिसियन्सी कोरहरू सहितको १६–कोर आर्किटेक्चरलाई पछ्याएका छन्।
कोर अल्ट्रा ९ ४.९गिगाहर्ज सम्मको बूस्ट क्लक स्पीडमा पुग्दछ। यो चिपमा ५० टीओपीएस सम्म एआई कम्प्युट प्रदान गर्न सक्षम अपग्रेड गरिएको न्यूरल प्रोसेसिङ युनिट रहेको छ। उक्त न्यूरल प्रोसेसिङ युनिटले तस्बिर जेनेरेसन, भाषा मोडेलिङ र विन्डोज कोपाइलट जस्ता सहज अन–डिभाइस एआई सुविधाहरू सक्षम पार्दछ।
प्रिमियम अल्ट्रापोर्टेबल खण्डमा राअिएको यो ल्यापटपको तौल केवल १.१९ किलोग्राम छ र मोटाई १.१ सेन्टिमिटर रहेको छ। असुसले स्थायित्व सुधार गर्न, वार्मर टच प्रदान गर्न र फिङ्गरप्रिण्ट र स्टेन्सहरूको प्रतिरोध गर्न सिरेमिक र एल्युमिनियमलाई संयोजन गर्ने सीएनसी–मेशिन्ड युनिबडी चेसिस प्रयोग गर्दछ भने लुकेको हिञ्ज र जियोमेट्रि ग्रिलले वायुप्रवाह दक्षतालाई ५० प्रतिशत सम्म बढाउने उल्लेख गरिएको छ।
जेनबुक १४ एयर २०२६ मा २८८० × १८०० रिजोल्युसन र १२०हर्ज रिफ्रेस रेट भएको १४ इन्चको ओएलईडी डिस्प्ले समावेश गरिएको छ। यो १,१०० निट्सको पिक ब्राइटनेसमा पुग्छ र भीईएसए डिस्प्लेएचडीआर १००० को लागि प्रमाणित गरिएको छ। प्यानलले १०० प्रतिशत डीसीआई–पी३ कलर गामुट, १०–बिट कलर डेप्थ र डेल्टा ई < १ सँग फ्याक्ट्री–क्यालिब्रेटेड कलर एक्युरेसीलाई समर्थन गर्दछ।
मेमोरीको हिसाबले, ल्यापटपले ८५३३एमटी÷एस मा ३२जीबी सम्मको एलपीडीडीआर५एक्स र्याम र १टीबी सम्मको पीसीआईई ४.० एसएसडी स्टोरेज समर्थन गर्दछ। असुसले ७७ वाटआवर्स ब्याट्रीले २९.५ घण्टासम्मको स्थानीय भिडियो प्लेब्याक प्रदान गर्न सक्ने दाबी गरेको छ भने अल्ट्रा–थिन भेपर चेम्बर र ग्रेफाइट सिट्स सहितको डुअल–फ्यान कूलिङ सिस्टमले थर्मलहरूलाई नियन्त्रणमा राख्नुका साथै हल्का प्रयोगको समयमा फ्यानको आवाज २५डेसिबल भन्दा कम रहने उल्लेख गरिएको छ।
जेनबुक १४ एयरले वाई–फाई ७ लाई समर्थन गर्दछ र दुई थन्डरबोल्ट ४ पोर्टहरू, १०जीबीपीएस यूएसबी–ए पोर्ट, एचडीएमआई २.१ र ३.५एमएम हेडफोन ज्याक प्रदान गर्दछ। ल्यापटपमा विन्डोज हेलो सहितको १०८०पी आईआर वेबक्याम, एआई नोइज रिडक्सन, डोल्बी एटमोस सहितको क्वाड–स्पीकर प्रणाली र २४०हर्ज टच स्यामपलिङ रेटको साथ जेस्चर सर्टकटहरूलाई समर्थन गर्ने ५.९–इन्च टचप्याड पनि समावेश छ।
मूल्य निर्धारण र उपलब्धताः
असुसले कोर अल्ट्रा ९ कन्फिगरेसनको मूल्य ९,९९९ युआन (१,४३८ अमेरिकी डलर) कायम गरेको छ भने कोर अल्ट्रा ७ भेरियन्टको मूल्य निर्धारण अझै घोषणा गरिएको छैन। यो ल्यापटप स्नो ह्वाइट र माउन्टेन मिस्ट ग्रे रङ्गमा उपलब्ध हुनेछ।
प्रकाशित: १६ माघ २०८२, शुक्रबार