ग्यालेक्सी ए०७ फाइभजी ६,०००एमएएच ब्याट्री र १२०हर्ज डिस्प्लेको साथ डेब्यू

  • Technology Khabar | १५ माघ २०८२, बिहीबार
ग्यालेक्सी ए०७ फाइभजी ६,०००एमएएच ब्याट्री र १२०हर्ज डिस्प्लेको साथ डेब्यू
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सामसङको नयाँ ए–सिुरिज फोन ग्यालेक्सी ए०७ फाइभजी आधिकारिक रूपमा फिलिपिन्समा अनावरण गरिएको छ र खरिदको लागि उपलब्ध छ। यो हालै म्यानमारमा पनि आधिकारिक सामसङ वेबसाइटमा सूचीबद्ध गरिएको थियो।

ग्यालेक्सी ए०७ फाइभजी ६एनएम अक्टा–कोर मिडियाटेक डाइमेन्सिटी ६३०० एसओसीले सुसज्जित छ। फिलिपिन्सको लागि फोन ४जीबी र्याम र १२८जीबी सम्मको स्टोरेजको साथ उपलब्ध हुनेछ। साथै माइक्रोएसडी कार्ड स्लटमार्फत स्टोरेज विस्तार गर्न सकिने छ।

यो फोन १२०हर्ज को रिफ्रेस रेट, ८०० निट्स एचबीएम ब्राइटनेस र एचडी+ रिजोल्युसनको साथ ६.७–इन्च एलसीडीसँग आउने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

ग्यालेक्सी ए०७ फाइभजीको पछाडि ५० मेगापिक्सेलको मुख्य सेन्सर र २ मेगापिक्सेलको डेफ्थ युनिटको साथ डुअल क्यामरा सेटअप समावेश गरेको छ। सेल्फीहरूको लागि वाटरड्रप नोच भित्र राखिएको ८ मेगापिक्सेल क्यामरा उपलब्ध गराइएको छ।

फोनमा आफ्नो पूर्ववर्ती भन्दा धेरै ठूलो ६,००० एमएएच ब्याट्री समावेश गरिएको छ। यो ह्यान्डसेटले वान यूआई ८.० चलाउँछ र ६ वर्षको एन्ड्रोइड ओएस अपडेटहरूका साथै ६ वर्षको सुरक्षा प्याचहरू प्राप्त गर्नेछ।

फोनमा साइड–माउन्ट गरिएको फिङ्गरप्रिन्ट स्क्यानर, ३.५ एमएम हेडफोन ज्याक, जीपीएस, डुअल–ब्यान्ड वाइफाइ, ब्लुटुथ ५.३, फाइभजी कनेक्टिभिटी र यूएसबी टाइप–सी पोर्ट रहेको छ। फोनले आईपी५४ धुलो र पानी प्रतिरोधी रेटिङ्ग पनि प्राप्त गरेको छ भने फोनको मोटाइ ८.२ एमएम र तौल १९९ ग्राम रहेको छ।

फिलिपिन्समा, ग्यालेक्सी ए०७ फाइभजी कालो र हल्का बैजनी रङ्ग विकल्पहरूमा बिक्री भइरहेको छ। फोनको ४ जीबी/६४ जीबी विकल्पको मूल्य ८,२९० फिलिपिनी पेसोस (१४० अमेरिकी डलर) र ४ जीबी/१२८ जीबी मोडेलको मूल्य ९,९९० फिलिपिनी पेसोस (१७० अमेरिकी डलर) कायम गरिएको छ।

प्रकाशित: १५ माघ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार