नवलपुरको जङ्गल क्षेत्रमा नेपाल टेलिकमले राख्यो टावर

  • Technology Khabar | १४ माघ २०८२, बुधबार
नवलपुरको जङ्गल क्षेत्रमा नेपाल टेलिकमले राख्यो टावर

काठमाडौं ।

नवलपुरको अरुणखोला-दुम्कीबास जङ्गल क्षेत्रमा नेपाल टेलिकमले टावर जडान गरेको छ। चक्ला वनक्षेत्रको वन कार्यालयनजिकै टावर जडान गरिएको हो।

जङ्गल क्षेत्रमा सञ्चार सेवाबाट वञ्चित हुनु परेको गुनासो आएपछि नेपाल टेलिकम कावासोतीले यहाँ टावर जडान गरेको हो।

नेपाल टेलिकम कावासोतीका वरिष्ठ इन्जिनियर तीर्थराज अधिकारीले जङ्गल क्षेत्रमा यात्रा गर्दा नेटवर्क नहुँदा कतिपय महत्त्वपूर्ण फोनकलबाट सेवाग्राही वञ्चित बन्नुपर्ने र जङ्गल क्षेत्रमा दुर्घटना वा अन्य कुनै घटना भएमा सम्पर्क गर्न नमिल्ने समस्याको समाधान गर्न टावर जडान गरिएको बताए।

टावर जडान भएसँगै राजमार्ग आसपास, नजिकै रहेको वन कार्यालय तथा नजिकैका गाउँ पनि यस कार्यबाट लाभान्वित भएको अधिकारीले बताए।

अधिकारीले भने, “जङ्गलमा कसरी फोन लाग्ने बनाउने होला भन्ने सोचमा हामी पनि थियौँ। लामो जङ्गल क्षेत्रमा कुनै घटना दुर्घटना हुँदा सम्पर्क हुन नसक्दा थप जटिलता हुन सक्छ। अर्कातर्फ टेलिकम सेवालाई प्रभावकारी बनाउने काममा यस कार्यले टेवा पनि पुग्छ।”

प्रकाशित: १४ माघ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार