आफ्नो नयाँ वाइड फोल्डेबल फोनको दस लाख युनिट बिक्री गर्ने योजनामा सामसङ

  • Technology Khabar | १५ माघ २०८२, बिहीबार
आफ्नो नयाँ वाइड फोल्डेबल फोनको दस लाख युनिट बिक्री गर्ने योजनामा सामसङ
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सामसङले भर्खरै आधिकारिक रूपमा ग्यालेक्सी जेड ट्राइफोल्ड भनिने आफ्नो ट्राइ–फोल्डको घोषणा गर्यो र दक्षिण कोरियामा केही युनिटहरू पनि बिक्री गरेको छ।

तर यो वर्षको उत्तरार्धमा कम्पनीले अर्को फोल्डेबल फोन लन्च गर्ने अपेक्षा गरिएको छ भने उक्त डिभाइस यही गर्मीमा ग्यालेक्सी जेड फोल्ड८ र जेड फ्लिप८ सँगसँगै आउने हल्ला पनि रहेको छ।

आपूर्ति शृङ्खला स्रोतहरूका अनुसार सामसङले ग्यालेक्सी वाइड फोल्ड (अनुमानित नाम) भनिने फोल्डेबल फोनको कम्तिमा १० लाख युनिट बिक्री गर्ने योजना बनाएको छ। आगामी आईफोन फोल्डसँग प्रतिस्पर्धा गर्ने प्रयासमा वाइड फोल्डमा ४ः३ फोल्डेबल डिस्प्लेको साथमा ४ः३ फोल्डेबल प्यानल हुने हल्ला रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

यद्यपि ग्यालेक्सी वाइड फोल्ड भने विशेष संस्करणको फोन नहुने उल्लेख गएिको छ। सामसङले ग्यालेक्सी वाइड फोल्डको १० लाख युनिट उत्पादन गर्ने योजना बनाएको र डिभाइस ग्यालेक्सी फोल्डेबल लाइनअपको पूर्ण सदस्य बन्न लागेको यो विषयमा परिचित व्यक्तिहरूले दावी गरेका छन्।

यो कदमले उत्पादनमा सामसङको विश्वास र सामान्यतया कम्पनीको फोल्डेबल डिभाइसहरूको बिक्री बढाउने विश्वासलाई पनि संकेत गर्दछ। उदाहरणका लागि, कम्पनीले गत वर्ष ग्यालेक्सी जेड फोल्ड७ को लगभग ६० लाख युनिट बिक्री गरेको थियो भने नयाँ “वाइड फोल्ड” को पहिलो वर्षमा १० लाख बिक्री निश्चित रूपमा महत्वाकांक्षी लक्ष्य भएको उल्लेख गरिएको छ।

प्रकाशित: १५ माघ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

OPPO Launches “OPPO Nawa Barsa, Naya Umanga” campaign with attrative offer

  • Technology Khabar
  • १५ माघ २०८२, बिहीबार