भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्य विरुद्ध ६ करोड ७८ लाख भ्रष्ट्राचारको मुद्दा

  • Technology Khabar | १३ माघ २०८२, मंगलवार
भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्य विरुद्ध ६ करोड ७८ लाख भ्रष्ट्राचारको मुद्दा

काठमाडौं ।

चितवनकझ भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर (आठौँ तह) भरतकुमार आचार्यको विरुद्ध भ्रष्ट्राचारको मुद्दा दायर भएको छ।

आचार्यले आफ्नो पदको दुरुपयोग गरी करोडौँ मूल्य बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आचार्यविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ भ्रष्टाचार गरेको आरोप रहेको छ।

अख्तियारले आचार्य सेवामा प्रवेश गरेको मिति २०४८ माघ ६ देखि २०८० असार ६ गतेसम्मको आम्दानी र खर्चको विवरणमाथि सूक्ष्म अनुसन्धान गरेको प्रवक्ता सुरेश न्यौपानेले उल्लेख गरेका छन्।

यस्तै आचार्यले श्रीमती लिली सुवेदीको नाममा समेत सम्पत्ति लुकाएको अख्तियारको ठहर छ। आचार्यले गैरकानुनी रूपमा आर्जन गरेको पैसाबाट श्रीमतीको नाममा जग्गा र सम्पत्ति खरिद गरेको पाइएकाले ती सम्पत्तिहरू जफत गर्ने प्रयोजनका लागि मात्र श्रीमतीलाई प्रतिवादी बनाइएको छ।

प्रकाशित: १३ माघ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार