६ महिनामा वीरगञ्ज नाकाबाट २४ अर्बमाथिको इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपुर्जा आयात

  • Technology Khabar | १२ माघ २०८२, सोमबार
६ महिनामा वीरगञ्ज नाकाबाट २४ अर्बमाथिको इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपुर्जा आयात
फाइल तस्बिर

काठमाडौं ।

वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा रू चार खर्ब ३८ अर्ब २१ करोड मूल्यका वस्तु तथा सामान आयात भएको छ। गत  आर्थिक वर्षको सोही अवधिको तुलनामा यो नाका हुँदै हुने आयात १५ दशमलव ३० प्रतिशतले बढी आयात भएको हो।

गत आर्थिक वर्षको ६ महिनामा ३ खर्ब ८० अर्ब ६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएको थियो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको ६ महिनामा यो नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताए।

चालु आवको ६ महिनामा रू ९० अर्ब ६ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ। रू ३९ अर्ब तीन करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन्।

चालु आवको ६ महिनामा रू ३० अर्ब एक करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने रू २७ अर्ब ७२ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ।

सोही अवधिमा २४ अर्ब ६१ करोड मूल्य पर्ने ‘इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपुर्जा आयात भएका छन्। त्यस्तै रू १९ अर्ब चार करोड मूल्य पर्ने कपडाहरु आयात भएका छन्।-रासस

प्रकाशित: १२ माघ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार