ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

  • Technology Khabar | ११ माघ २०८२, आईतवार
ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

काठमाडौं ।

पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन उत्पादन इकाई स्थापना पूरा गरेको छ। उक्त इकाई सिनेस रिफाइनरीमा निर्माण गरिएको हो, जुन लिस्बनको दक्षिणी तटमा रहेको ठूलो औद्योगिक क्षेत्र हो ।

यसमा १० ओटा इलेक्ट्रोलाइसिस मोड्युल राखिएको छ, जसको कुल उत्पादन क्षमता १०० मेगावाट छ। गाल्प कम्पनीले यस परियोजनाले पोर्चुगललाई युरोपको ऊर्जा रूपान्तरणमा मुख्य भूमिका निभाउन मद्दत गर्ने बताएको छ। यो इकाई यस वर्षको दोस्रो भागमा पूर्ण रूपमा सञ्चालनमा आउनेछ।

यसले वार्षिक १५ हजार टन नवीकरणीय हाइड्रोजन उत्पादन गर्नेछ। यसले हाल प्रयोग भइरहेको ग्रे हाइड्रोजनको २० प्रतिशत प्रतिस्थापन गर्न सक्नेछ।

यस परियोजनाले वार्षिक एक लाख १० हजार टन कार्बन डाइअक्साइड (सीओटु) उत्सर्जन कम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यसरी पोर्चुगलले हरित ऊर्जा उत्पादन र वातावरण संरक्षणमा ठुलो कदम उठाएको छ।

प्रकाशित: ११ माघ २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...