
काठमाडौं ।
पाकिस्तानी प्रहरीले शुक्रबार एक प्रमुख अधिकारकर्मी र उनका पतिलाई ‘साइबर आतङ्कवाद’ को आरोपमा इस्लामाबादको अदालतमा सुनुवाइमा जाँदै गर्दा पक्राउ गरेको छ।
पाकिस्तानी सेनाका आलोचक ३२ वर्षीय वकिल तथा अधिकारकर्मी इमान मजारीले दर्जनौं आरोपको सामना गरिरहेका छन्। तर शुक्रबारको हिरासतको ती मुद्दामा कुनै सम्बन्ध छ वा छैन भन्ने तत्काल स्पष्ट भएको छैन।
मजारी र उनका पति सहकर्मी वकिल हादी अली चट्टालाई मङ्गलबार नै साइबर अपराधको मुद्दामा जमानत दिइयो। दम्पतीले कुनै पनि अन्य मुद्दामा पक्राउ नपरियोस् भनी पूर्ण जमानत मागेका थिए।
इस्लामाबाद उच्च अदालत बार एसोसिएसनका अध्यक्ष सैयद वाजिद अली शाह गिलानीले एक भिडियो वक्तव्यमा प्रहरीले उनीहरूलाई आक्रमण गर्नुअघि हतपात गरेको आरोप लगाएका छन्।
मजारीकी आमा शिरीन मजारीले पनि एक्समा एक पोस्टमा भनिन, “मेरी छोरीलाई पक्राउ गरिएको छ र प्रहरीले उनलाई हिरासतमा लिँदा हिंसाको प्रयोग गरेको छ।”
इस्लामावादको प्रहरी बलले एएफपीले यस विषयमा सोधेको प्रश्नमा कुनै प्रतिक्रिया दिएको छैन।
इमान मजारीले मङ्गलबार एएफपीलाई आफू र उनका पतिले अज्ञात प्रहरी मुद्दामा पक्राउ पर्लान् भन्ने डर रहेको बताएकी थिइन्।
मंगलबारदेखि इस्लामाबाद उच्च अदालतको परिसरमा रहेका यी दम्पतीले वकिल सङ्घको भवनमा रात बिताएका थिए।
सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमो मजारीलाई बोकेको बार एसोसिएसनको गाडीलाई प्रहरी भ्यानले पहरा दिँदै अदालतसम्म पुर्याउँदै गरेको देखाइएको थियो। तर गाडीलाई सडकमुनि रोकी नकाबपोश सुरक्षा अधिकारीहरूले पत्रकारहरूलाई पक्राउको भिडियो खिच्न रोकेका थिए।
पाकिस्तानको स्वतन्त्र मानवअधिकार आयोगले ‘अधिकारको गम्भीर दुरुपयोग र अनुचित अवहेलना’ को निन्दा गरेको छ र एक विज्ञप्तिमा दम्पतीको अवस्था तत्काल खुलासा गर्न आह्वान गरेको छ ।
संविधानमा परिवर्तन र संसदले हतारमा पारित गरेको कानुनले पाकिस्तानलाई कडा राज्य नियन्त्रणतर्फ धकेलेको छ, जसमा राजनीतिक र नागरिक अधिकार घट्दै गएको छ।
मजारीले मंगलबार एएफपीसँग भनेकि थिईन, “ममाथि गम्भीर अन्यायको अपेक्षा गरेको छु । हामीभन्दा अघि अन्य व्यक्तिहरूमाथि पनि यस्ता अन्याय भएका छन्।”
उनले भनिन, “यो कुनै नयाँ कुरा होइन। हामी पहिलो व्यक्ति पनि होइनौँ । यहाँ (पाकिस्तान) मा गैरकानुनी रूपमा कैद गरिनु र विरोधीलाई ठेगान लगाउनुलाई कुनै नौलो रूप लिने गरिन्न, किनकि यस्ता घटना पटक पटक दोहोरिने गर्छन् ।” रासस/एएफपी
प्रकाशित: १० माघ २०८२, शनिबार