
काठमाडौं ।
आईफोन एयर विश्वभरि ईसिम–मात्र संस्करणको रूपमा बिक्री गरिएको पहिलो आईफोन हो। तर चीनको नयाँ रिपोर्टले यूएसबी–सी पोर्टको छेउमा भौतिक सिम स्लट भएको परिमार्जित एयर देखाएको छ। यो परियोजनाको वरिपरिको जानकारी अस्पष्ट भएपनि उक्त परिमार्जिन शेन्जेनको हुआकियाङबेई बजारमा आधारित इलेक्ट्रोनिक्स स्टोरले गरेको बताइएको छ।
ठाउँ प्राप्त गर्नको लागि केही चतुर समाधानहरू आवश्यक परेको यो परियोजनामा एयरको मूल ट्याप्टिक इन्जिन भाइब्रेसन मोटरलाई धेरै सानो इकाईले प्रतिस्थापन गरिएको र त्यसले अझै पनि आधारभूत ह्याप्टिक प्रतिक्रिया कायम राखेको बताइएको छ। प्राप्त ठाउँले भौतिक सिम स्लटसँगै सिम कार्ड रिडर जडान गर्न अनुमति दिएको र डिभाइस पूर्ण रूपमा कार्यात्मक भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
उक्त तस्बिरहरू मध्ये एउटा तस्बिरमा फोनले चाइना टेलिकम सिम कार्ड चलाएको देख्न सकिने र अर्को तस्बिरमा डिभाइलाई कल गरिरहेको देखाएको छ। डिभाइसले कथित रूपमा फाइभजी मोबाइल डाटा राम्रोसँग पहुँच गर्न सक्ने र अझ प्रभावशाली रूपमा फोनले आफ्नो आईपी६८ इन्ग्रेस सुरक्षा मूल्याङ्कन कायम राखेको उल्लेख गरिएको छ।
प्रकाशित: ११ माघ २०८२, आईतवार