
काठमाडौं ।
आगामी गुगल पिक्सेल १०ए सीएडी–आधारित रेन्डरहरूमा पहिले नै देखा परिसकेका छन्। त्यसपछि डिभाइसको कथित आधिकारिक तस्बिर लीक भएका थिए र अब फोनलाई थप कोणबाट देखाउने रेन्डरहरूको एक नयाँ चरण देखा परेका छन्।
पिक्सेल १०ए को डिजाइन पूर्ण रूपमा समान नभए पनि गत वर्षको पिक्सेल ९ए बाट धेरै प्रेरित रहेको देख्न सकिने छ। पिक्सेल १०ए फेब्रुअरी १७ मा आउन सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
कम्तिमा अहिलेसम्म लीक भएको जानकारीहरुको आधारमा पिक्सेल १०ए मा आफ्नो पूर्ववर्तीसँग पूर्ण रूपमा समान स्पेक्सहरू हुन सक्ने अचम्मको कुरा रहेको बताइएको छ। डिभाइसको एसओसी, स्क्रिन, क्यामरा र ब्याट्री सबै उस्तै हुनेभए वास्तवमा पिक्सेल १०ए साँच्चै नयाँ डिभाइस हो वा केवल पुनः नामाकरण गरिएको पिक्सेल ९ए हो भनेर सोध्नु उचित हुने उल्लेख गरिएको छ। साथै आधिकारिक घोषणा चाँडै आउने कुनै सम्भावना नभएको उल्लेख गरिएको छ।
फोटो सौजन्यः जीएसएमएरिना
प्रकाशित: ११ माघ २०८२, आईतवार