अनर म्याजिक८ प्रो एयर सार्वजनिक

  • Technology Khabar | ९ माघ २०८२, शुक्रबार
अनर म्याजिक८ प्रो एयर सार्वजनिक
फोटो सौजन्यः गीज्मोचाइना

काठमाडौं ।

अनरले म्याजिक८ प्रो एयरको घोषणा गरेको छ। म्याजिक८ प्रो एयर आकार र तौलमा धेरै ध्यान केन्द्रित गर्ने नयाँ स्लिम फ्ल्यागशिप हो। कम्पनीले यो अहिलेसम्मको आफ्नो सबैभन्दा हल्का हाई–इण्ड फोन भएको बताएको छ र संख्याले केही हदसम्म त्यसलाई समर्थन गर्दछ।

६.१ एमएम मोटाइ र १५५ ग्राम तौलको साथ फोन हाल बजारमा उपलब्ध रहेका पातलो फ्ल्यागशिपहरू मध्ये एक भएको उल्लेख गरिएको छ। फोनले ६.३१ इन्चको ओएलईडी डिस्प्ले प्रयोग गर्दछ भने उक्त डिस्प्लेको चारैतिर साँघुरो बेजेलहरू सहित १.०८ एमएममा सूचीबद्ध गरिएको छ। अनरले स्पष्ट रूपमा तल्लो तहमा नझरिकन सानो फोन चाहने प्रयोगकर्ताहरूको लागि डिभाइसलाई लक्षित गरेको छ। म्याजिक८ प्रो एयरले पछाडि मल्टि–लेयर कोटिङ्ग प्रक्रिया मार्फत उत्पादन गरिने मेटालिक स्याटिन–स्टाइलको फिनिश प्रयोग गरेको छ। अनरले फोनलाई अटोमोटिभ फिनिशसँग तुलना गर्दछ भने रङ विकल्पहरूमा फेयरी पर्पल, लाइट ओरेन्ज, फेदर ह्वाइट, र श्याडो ब्ल्याक समावेश छन्। फोनको फ्रेम एल्युमिनियमबाट बनेको भएपनि कम्पनीले पातलो प्रोफाइलको बावजुद फ्रेमले सुधारिएको स्थेन्थको लागि दाबी गरेको गीज्मोचाइनाले रपोर्ट गरेको छ।

अनर म्याजिक८ प्रो एयरको स्पेसिफिकेसनहरूः
पर्फर्मेन्सको लागि मिडियाटेकको डाइमेन्सिटी ९५०० चिपसेटद्वारा ह्यान्डल गरिएको छ। ब्याट्री क्षमता ५,५००एमएएचमा मूल्याङ्कन गरिएको छ र यति पातलो फोनको लागि उक्त ब्याट्री अपेक्षाकृत रुपमा ठूलो भएको बताइएको छ। चार्जिङ समर्थनमा ८० वाट वायर्ड र ५० वाट तार बिनाको चार्जिङ समावेश छन्। अनरले ९१७ वाटआवरको ऊर्जा घनत्व फिगर पनि हाइलाइट गरेको छ। यद्यपि वास्तविक–विश्व परिणामहरू प्रयोगमा निर्भर हुनेछन्।

क्यामरा सेटअपमा अप्टिकल स्टेबलाइजेसन (स्थिरीकरण)को साथ ५० मेगापिक्सेलको १/१.३–इन्च मुख्य सेन्सर, ११२ डिग्री फिल्ड अफ भ्यूको साथ ५० मेगापिक्सेलको अल्ट्रा–वाइड र ३.२× अप्टिकल जुम प्रदान गर्ने ६४ मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो समावेश छन्। अनरले लो–लाइट सिन्स (कम प्रकाश भएको अवस्थाहरू) को लागि नयाँ स्ट्रोब–स्टाइल पोट्र्रेट मोडको साथ विभिन्न जुम स्तरहरूमा आउटपुट समायोजन गर्न डिजाइन गरिएको एआई–एसिस्टेड प्राप्त फ्ल्यास प्रणाली प्रस्तुत गरेको छ।

अन्य सुविधाहरूमा आईपी८/आईपी६९ पानी र धुलो प्रतिरोध, स्टेरियो स्पिकरहरू, थ्रीडी अल्ट्रासोनिक फिङ्गरप्रिन्ट सेन्सरको साथमा सिम र ईसिमको लागि समर्थन समावेश छ। पीक एचडीआर ब्राइटनेस ६००० निट्समा सूचीबद्ध गरिएको छ।

म्याजिक८ प्रो एयरको बेस मोडेलको मूल्य ४,९९९ युआनबाट सुरु हुन्छ भने उच्च कन्फिगरेसनहरूको मूल्य ५,९९९ युआन पुग्ने छन्। हालको प्रि–अर्डर चरण पछि जनवरी २३, २०२६ मा फोनको बिक्री सुरु गरिने छ।

प्रत्येक कन्फिगरेसनको पूर्ण मूल्य तल सूचीबद्ध गरिएको छः

  • १२जीबी+२५६जीबी – ४९९९ युआन (७१७ अमेरिकी डलर)
  • १२जीबी+५१२जीबी – ५२९९ युआन (७६० अमेरिकी डलर)
  • १६जीबी+५१२जीबी – ५५९९ युआन (८०३ अमेरिकी डलर)
  • १६जीबी+१टीबी – ५९९९ युआन (८६० अमेरिकी डलर)

प्रकाशित: ९ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...