
काठमाडौं ।
आधारभूत आइफोन १८ हालको आइफोन १७ को जस्तै डिस्प्लेसहित २०२७ को सुरुवातमा लन्च हुने हल्ला व्यापक रूपमा फैलिएको छ। नयाँ लीकले डिस्प्लेले उच्च ब्राइटनेस (चमक) प्रदान गर्न सक्ने सुझाव दिएको छ।
वेइबोमा टिपस्टर इन्स्ट्यान्ट डिजिटलले एप्पलको चमक आवश्यकताहरू कथित रूपमा धेरै माग गर्ने भएको हुनाले डिस्प्ले निर्माता बीओईले आईफोन १८ को लागि ओएलईडी प्यानलहरू आपूर्ति गर्न असमर्थ हुन सक्ने उल्लेख गरेको छ।
आईफोन १८ मा आईफोन १७ मा भन्दा उल्लेखनीय रूपमा उज्यालो डिस्प्ले हुन सक्छ र डिस्प्लेले १,००० निट्सको टिपिकल म्याक्सिमम् ब्राइटनेस (सामान्य अधिकतम चमक), एचडीआरमा १,६०० निट्स सम्म र ३,००० निट्सको पिक ब्राइटनेस (चमक) प्रदान गर्दछ भन्ने संकेत गरेको जीएसएमएरिनाले रपोर्ट गरेको छ।
हालैका लीकका अनुसार, आईफोन १८ मा डायनामिक आइल्याण्डसँगै १२० हर्ज रिफ्रेस रेट भएको ६.२७ इन्चको एलटीपीओ ओएलईडी डिस्प्ले हुने अपेक्षा गरिएको छ।
आईफोन १८ ले एप्पलको सामान्यतया सेप्टेम्बरमा हुने गरेको लन्च विन्डो छोड्ने र २०२७ को सुरुमा अझ किफायती आईफोन १८ई सँगसँगै डेब्यू गर्न सक्ने हल्ला पनि रहेको छ।
प्रकाशित: १० माघ २०८२, शनिबार