
काठमाडौं ।
टीसीएलले सोनीको होम इन्टरटेनमेण्ट ब्रान्च (मनोरञ्जन शाखा), टीभी र होम अडियो इक्विपमेण्टहरू सहित अधिग्रहण गर्ने योजनाको घोषणा गरेको छ। दुई कम्पनीहरू जोइन्ट भेन्चरमा प्रवेश गर्न तयार भएको र टीसीएलले ५१ प्रतिशत शेयर नियन्त्रण गर्नेछ।
प्रेस विज्ञप्ति अनुसार, टीसीएलको नेतृत्वमा रहेको उद्यमले “टीसीएलको एडभान्स्ड डिस्प्ले प्रविधि, विश्वव्यापी स्तरका फाइदाहरू, औद्योगिक पदचिह्न, इण्ड–टु–इण्ड लागत दक्षता” सँग मिलेर “सोनीको हाई–क्वालिटी पिक्चर (उच्च–गुणस्तरको तस्वीर) र अडियो प्रविधि, ब्रान्ड मूल्य र परिचालन विशेषज्ञता” लाई लाभान्वित गर्नेछ। यद्यपि, उत्पादनहरूले अझै पनि सोनी र ब्राभिया ब्रान्डिङ बोक्नेछन्।
नयाँ जोइन्ट भेन्चर विश्वव्यापी रूपमा सञ्चालन हुने तय भएको छ भने बाध्यकारी सम्झौता मार्चको अन्त्यसम्ममा अन्तिम रूप पाउनेछ। नयाँ कम्पनीले आधिकारिक रूपमा अप्रिल २०२७ मा आफ्नो सञ्चालन सुरु गर्ने अपेक्षा गरिएको छ। साथै सबै नियामक स्वीकृति र धेरै अन्य साझेदारी सर्तहरू बाँकी रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ८ माघ २०८२, बिहीबार