
काठमाडौं ।
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
उनले ललितपुरको सातदोबाटोस्थित ओलम्पिक कमिटीको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दर्ता गराएका हुन्।
खरेल गत भदौ २३ र भदौ २४ गतेको गतेको जेनजी आन्दोलनपछि बनेको गैरदलीय नागरिक सरकारमा मन्त्री बनेका थिए भने सोमबार साँझ मन्त्री पदबाट राजिनामा दिएर चुनावी मैदानमा होमिएका थिए।
उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै निवर्तमान मन्त्री खरेलले नागरिकमा छाएको निराशालाई सम्बोधन गर्दै युवालाई देशभित्रै अवसर र रोजगारीको सिजना गर्नका लागि कानुनी र नीतिगत प्रबन्धमा योगदान गर्न आफ्नो उम्मेदवारी रहेको बताए।
प्रकाशित: ६ माघ २०८२, मंगलवार