वाउ पपकर्नले ८ वर्ष पूरा गर्दै भारतीय बजारमा रणनीतिक प्रवेशको घोषणा गर्यो

  • Technology Khabar | ६ माघ २०८२, मंगलवार
वाउ पपकर्नले ८ वर्ष पूरा गर्दै भारतीय बजारमा रणनीतिक प्रवेशको घोषणा गर्यो

काठमाडौं ।

गोरमेट पपकर्न ब्रान्ड वाउ पपकर्नले आफ्नो ८औँ वार्षिकोत्सवको अवसरमा भारतीय बजारमा आधिकारिक रूपमा प्रवेशको महत्वपूर्ण उपलब्धि सार्वजनिक गरेको छ।

२०१७ मा स्थापना भएको वाउ पपकर्न सानो घरेलु प्रयासबाट सुरु भएर आज नेपालकै चर्चित प्रिमियम स्न्याक ब्रान्डको रूपमा स्थापित भइसकेको कम्पनीले जनाएको छ।

आठ वर्षको सफल यात्रापछि कम्पनीले अब अन्तर्राष्ट्रिय बजारतर्फ पहिलो ठोस कदम चाल्दै, भारतका उपभोक्तासम्म आफ्ना नविन र उच्च गुणस्तरका उत्पादन पुर्याउने तयारी गरेको छ।

वाउ पपकर्नका संस्थापक तथा प्रबन्ध निर्देशक शुभाकर मानन्धर भन्छन्, “८ वर्ष पूरा गर्नु हाम्रो लागि गर्वको विषय हो, र भारतीय बजारमा प्रवेश गर्नु यसलाई अझ अर्थपूर्ण बनाउँछ। भारत स्वादप्रतिको रुचि र विविधताका लागि परिचित बजार हो, र त्यहाँ हाम्रो उत्पाद लान पाउँदा हामी उत्साहित छौं।”

नेपालमा वाउ पपकर्नले परम्परागत पपकर्नको सीमाभन्दा बाहिर गएर पाँचभन्दा बढी गोरमेट फ्लेभरहरू प्रस्तुत गर्दै चेदार चीज, बटर स्कच, क्यारामेल, चेदार चीज एण्ड क्यारामेल र पेरी पेरीजस्ता लोकप्रिय स्वादहरुसहित उपभोक्ताको विश्वास जित्दै आएको छ।

२०१७ मा स्थापना भएको वाउ पपकर्न नेपालकै अग्रणी गोरमेट पपकर्न ब्रान्ड हो। साधारण स्न्याकलाई प्रिमियम र साझा गर्न मिल्ने अनुभवमा रूपान्तरण गर्ने उद्देश्यसहित अघि बढिरहेको यो ब्रान्डको भारतीय विस्तार दक्षिण एसियाली गोरमेट स्न्याक बजारमा पहिचान बनाउने दिशामा महत्वपूर्ण कदम भएको कम्पनीको दावी छ।

प्रकाशित: ६ माघ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ६ माघ २०८२, मंगलवार