महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

  • Technology Khabar | ६ माघ २०८२, मंगलवार
महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्।

आजै मन्त्री पदबाट राजीनामा दिएका उनले म्याग्दी पुगेर मनोनयन दर्ता गरेका हुन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी घर भएका पुनले मन्त्री पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

मनोनयनको क्रममा उनले पुराना दलले केही काम नगरेपछि आफू उम्मेदवारी दिन आएको बताएका छन्।

पुनले आफू जनताको दिमागमा घन्टी बजाउन राजनीतिमा आएको बताएका छन्।

‘दिमागको घन्टी बजाउने क्या, बजाउने घन्टी होइन,’ म्याग्दीमा उम्मेदवारी दर्तापछि पुनले भने।

प्रकाशित: ६ माघ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...