निर्वाचन आयोगले सुरु गर्यो कल सेन्टर, ११०२ मा फोन गरेर आउँदो चुनाव सम्बन्धित जानकारी लिन सकिने

  • Technology Khabar | ५ माघ २०८२, सोमबार
निर्वाचन आयोगले सुरु गर्यो कल सेन्टर, ११०२ मा फोन गरेर आउँदो चुनाव सम्बन्धित जानकारी लिन सकिने
निर्वाचन आयोगले स्थापना गरेको कल सेन्टर। तस्बिर : प्रदीपराज वन्त,निर्वाचन आयोग

काठमाडौं ।

फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सोमबारदेखि कल सेन्टर स्थापना गरेको छ। आयोग परिसरमा कल सेन्टरको स्थापना गरिएको हो।

निर्वाचनका सिलसिलामा मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा सुनुवाइका लागि कल सेन्टरको स्थापना गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।

भट्टराईले भने, “कल सेन्टर आजबाट सुरु भएको छ। अहिले हामी कार्यालय समय बिहान ९ देखि साँझ ६ बजेसम्म सेवा दिन्छौँ। समय क्रमशः थपिँदै लगिने छ।”

आयोगले कल सेन्टरमा ६ ओटा डेस्कमार्फत सेवा प्रदान गर्नेछ। निःशुल्क टोल-फ्री नम्बर ११०२ मा कल गरेर मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा राख्ने सक्नेछन्। एकै पटक १५ जनासम्मले फोन गर्दा कलहरु होल्डमा रहनुपर्ने छैन।

सोमबारदेखि सुरु भएको कल सेन्टर निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण अवधिसम्म सञ्चालनमा रहने जनाएको छ।

प्रकाशित: ५ माघ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार