
काठमाडौं ।
तुलनात्मक तथा सेवा परिवर्तन प्लेटफर्म यूस्विच का अनुसार अफकमले लागू गरेको ‘पाउन्ड्स एन्ड पेन्स’ मूल्य निर्धारण नियमपछि यूकेका लाखौँ मोबाइल प्रयोगकर्ताले मुद्रास्फीतिभन्दा चार गुणासम्म महँगो बिल तिर्नुपर्ने जोखिममा परेका छन्।
यूस्विच को प्रतिवेदनअनुसार हाल मुद्रास्फीति ३.२ प्रतिशत मा रहे पनि, नयाँ मूल्यवृद्धि संरचनाका कारण केही मोबाइल र ब्रडब्यान्ड ग्राहकको बिल १३.४ प्रतिशत सम्म बढ्न सक्ने देखिएको छ।
एक वर्षअघि लागू गरिएका अफकमका नियमले सेवा प्रदायकहरूले सम्झौता गर्दा वार्षिक रूपमा ग्राहकले तिर्नुपर्ने रकम ‘ठ्याक्कै पाउन्ड र पेन्स’ मा उल्लेख गर्नुपर्ने व्यवस्था गरेका छन्। यसले पारदर्शिता त बढाएको यूस्विच को भनाइ छ, तर धेरै अवस्थामा यी स्थिर रकममा आधारित वृद्धि अनुपातिक रूपमा निकै ठूलो भएको दावी गरिएको छ।
सबैभन्दा ठूलो असर मोबाइल फोन बिलमा देखिन थालेको यूस्विचले जनाएको छ। हाल मोबाइल प्रयोगकर्ताले औसतमा महिनाको १८.६० पाउन्ड तिर्दै आएका छन्। तर अप्रिलदेखि धेरै नेटवर्कमा २.५० को स्थिर मासिक वृद्धि लागू हुँदा मोबाइल बिल १३.४ प्रतिशत ले बढ्न सक्ने चेतावनी दिइएको छ।
ब्रडब्यान्डतर्फ, यूकेका केही ठूला सेवा प्रदायकले नयाँ ग्राहकका लागि महिनाको ४ पाउन्ड स्थिर मूल्यवृद्धि लागू गर्न थालेका छन्। हालको औसत ब्रडब्यान्ड बिल ३५.९० पाउण्डमा यो वृद्धि लागू हुँदा कुल ११.१ प्रतिशत को उछाल आउने यूस्विच ले जनाएको छ, जुन हालको ३.२ प्रतिशत मुद्रास्फीतिभन्दा तीन गुणाभन्दा बढी हो।
यूस्विच का अनुसार, उपभोक्ताहरू औसतमा २.७० पाउण्ड भन्दा बढीको ब्रडब्यान्ड मूल्यवृद्धि आए सेवा परिवर्तनबारे सोच्न थाल्छन्। मोबाइलतर्फ १९ प्रतिशत प्रयोगकर्ताले २.५० पाउन्डको मासिक वृद्धि धान्न गाह्रो हुने बताएका छन् भने १७ प्रतिशत ले कुनै पनि मूल्यवृद्धि स्वीकार नगर्ने बताएका छन्।
प्रकाशित: ४ माघ २०८२, आईतवार