आरटीएक्स५०६० टीआई र आरटीएक्स५०७० टीआई जीपीयू बन्द भएका छैनन, बिक्रिमै रहनेछन्: असुस

  • Technology Khabar | ४ माघ २०८२, आईतवार
आरटीएक्स५०६० टीआई र आरटीएक्स५०७० टीआई जीपीयू बन्द भएका छैनन, बिक्रिमै रहनेछन्: असुस
च्याटजीपीटीमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

यसअघि युट्युब च्यानल हार्डवयर अनबक्स्डलाई आरटीएक्स ५०६० टीआई १६जीबी र आरटीएक्स ५०७० टीआईलाई “एन्ड–अफ–लाइफ (एन्ड अफ लाइफ)” अवस्थामा राखिएको बताएको असुसले आफ्नो भनाइ फेरेको छ। अब कम्पनीले ती जीपीयूहरू बिक्रीबाट हटाइने छैनन् भनेर स्पष्ट पारेको छ।

असुसले छुट्टै प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, “केही मिडियाले यी उत्पादनबारे असुस का एक जनसम्पर्म प्रतिनिधिबाट अपूरो जानकारी पाएका हुन सक्छन्। जीफोर्स आरटीएक्स ५०७० टीआई र जीफोर्स आरटीएक्स ५०६० टीआई १६जीबी न त बन्द गरिएका छन्, न त एन्ड अफ लाइफको रूपमा वर्गीकृत गरिएका छन्। असुसले यी मोडेलहरूको बिक्री रोक्ने कुनै योजना बनाएको छैन।”

कम्पनीका अनुसार मेमोरी आपूर्तिमा आएको सीमितताका कारण उत्पादन र स्टकमा अस्थायी उतार–चढाव आएको हो। “यसका कारण केही बजारमा उपलब्धता कम देखिन सक्छ, तर यसलाई उत्पादन रोकिनु वा उत्पादन अन्त्य गरिएको रूपमा बुझ्नु हुँदैन। असुसले जीफोर्स आरटीएक्स ५०७० टीआईर आरटीएक्स ५०६० टीआई १६जीबीलाई निरन्तर समर्थन गर्नेछ र अवस्था सुधारिँदै जाँदा आपूर्ति स्थिर बनाउन साझेदारहरूसँग नजिकबाट काम गरिरहेको छ,” असुसले जनाएको छ।

हिजो हार्डवयर अनबक्स्डले असुसले “आपूर्ति अभावका कारण यो मोडेललाई एन्ड अफ लाइफ अवस्थामा राखिएको छ” भनेर आफूहरूलाई स्पष्ट रूपमा बताएको दावी गरेको थियो। तर नयाँ ‘पिन गरिएको कमेन्ट’ मा च्यानलले असुसको पछिल्लो जानकारीले “हामीलाई दिइएको पहिलाको भनाइ पूर्ण रूपमा फिर्ता लिएको” उल्लेख गरेको छ।

हार्डवयर अनबक्स्डले अष्ट्रेलियाका रिटेलरहरूसँग कुरा गर्दा आरटीएक्स ५०७० टीआई “अब साझेदार र वितरकमार्फत किन्न नपाइने” र कम्तीमा वर्षको पहिलो त्रैमाससम्म पनि अवस्था त्यस्तै रहने अपेक्षा गरिएको जानकारी पाएको थियो। यही आधार र असुसको पहिलाको वक्तव्यका कारण सो भिडियो सार्वजनिक गरिएको थियो।

असुसले अब दुवै जीपीयू उत्पादन जारी रहने बताए पनि हार्डवयर अनबक्स्डले रिटेलरहरूबाट पाएको जानकारीअनुसार ती किन्न पाउनु अत्यन्तै कठिन हुन सक्ने इन्ग्याजेटले उल्लेख गरेको छ।

एआई बूमका कारण मेमोरीको लागत तीव्र रूपमा बढ्दा जीपीयू र अन्य पीसी कम्पोनेन्टको मूल्य चर्किएको छ। यसले गेमरहरूमा आक्रोश बढाएको छ र अवस्था सुधारिनु अघि अझ खराब हुन सक्ने संकेत देखिएको छ।

प्रकाशित: ४ माघ २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार