आईफोन फोल्ड र आईफोन १८ प्रो सिरिजको बारेमा थप विवरणहरू बाहिरियो

  • Technology Khabar | ३ माघ २०८२, शनिबार
आईफोन फोल्ड र आईफोन १८ प्रो सिरिजको बारेमा थप विवरणहरू बाहिरियो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलको आगामी फोल्डेबल आईफोन र आईफोन १८ प्रो लाइनअपको अपेक्षित स्पेसिफिकेशनहरूको बारेमा एक विश्लेषकले रेखाङ्कित गरेका छन्। साथै यी दुवै डिभाइसहरु सेप्टेम्बरमा डेब्यू हुने हल्ला छ।

पछिल्लो जानकारी जीएफ सेक्युरिटीजका विश्लेषक जेफ पुबाट आएको र उनले एक लगानीकर्ता नोटमा स्पेसिफिकेशनहरू सूचीबद्ध गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

विश्लेषकका अनुसार, आईफोन फोल्डमा ७.८ इन्चको भित्री डिस्प्ले र ५.३ इन्चको कभर स्क्रिन हुनेछ। फोल्डेबल ए२० प्रो चिपसेटद्वारा संचालित हुनेछ र डिभाइसमा एप्पलको एन२ चिप पनि समावेश हुनेछ। यो फोल्डेबल १२जीबी एलपीडीडीआर५ र्याम, टच आईडी र सी२ मोडेमको साथ आउने भनिएको छ।

ह्यान्डसेटको पछाडि डुअल ४८ मेगापिक्सेलको क्यामरा सेटअप हुनेछ र भित्री भागको साथै कभर डिस्प्लेमा १८ मेगापिक्सेलको सेल्फी क्यामरा प्रदान गर्नेछ।

आईफोन १८ प्रो सिरिजमा ए२० प्रो एसओसी एन२ चिप र सी२ मोडेम हुनेछ। १८ प्रो र १८ प्रो म्याक्स दुवैमा १२ जीबी एलपीडीडीआर५ र्याम र १८ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछन्।

यद्यपि हालैको एक रिपोर्टले सबै आईफोन १८ मोडेलहरूमा २४ मेगापिक्सेलको सेल्फी क्यामेरा हुने दावी गरेको छ। पछाडिको क्यामराको लागि दुबै फोनहरूले ४८ मेगापिक्सेलको मुख्य भेरिएबल एपर्चर, ४८ मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो र ४८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेराहरू प्रदान गर्ने विश्लेषकले विश्वास व्यक्त गरेका छन्।

आईफोन १८ प्रोमा ६.३ इन्चको डिस्प्ले हुने भनिएको छ भने प्रो म्याक्समा ६.९ इन्चको डिस्प्ले हुनेछ। उल्लेखनीय कुरा के छ भने, फोनहरूमा अन्डर–डिस्प्ले फेस आईडी सेटअप पनि हुने बताइएको छ।

प्रकाशित: ३ माघ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार