
काठमाडौं ।
स्पोटिफाईले अमेरिकामा फेरि आफ्नो प्रिमियम सदस्यताको मूल्य बढाउन गइरहेको छ (इस्टोनिया र लाटभियासँगै)। पहिलेको ११.९९ अमेरिकी डलरबाट १ अमेरिकी डलरले शुल्क बढाएर नयाँ शुल्क अब प्रति महिना १२.९९ अमेरिकी डलर हुने भएको छ। नयाँ मूल्य निर्धारण फेब्रुअरीमा प्रयोगकार्तको बिलिङ मितिदेखि लागू हुनेछ।
डुओ योजना १६.९९अमेरिकी डलर बाट बढेर १८.९९ अमेरिकी डलर हुनेछ भने परिवार योजना २१.९९ अमेरिकी डलर (पहिले १९.९९ अमेरिकी डलर) हुनेछ। साथै विद्यार्थी योजना ५.९९ अमेरिकी डलरबाट बढेर ६.९९ अमेरिकी डलर हुनेछ।
प्रति महिना अतिरिक्त १ अमेरिकी डलर वा २ अमेरिकी डलरको वृद्धि धेरै नभए पनि विभिन्न सदस्यताहरूको मूल्य निरन्तर माथि बढ्नुलाई कष्टकर रुपमा हेरिएको छ।
बजारहरूमा “मूल्य निर्धारणमा गरिएको कहिलेकाहीँको अपडेटहरू” ले स्पोटिफाईले प्रदान गर्ने सेवाको “मूल्यलाई प्रतिबिम्बित गर्दछ”, मूल्य वृद्धिले स्पोटिफाईलाई “सबैभन्दा राम्रो सम्भावित अनुभव प्रदान गर्न जारी राख्न” र कलाकारहरूलाई फाइदा पुर्याउन सक्षम बनाउँछ भनि जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ३ माघ २०८२, शनिबार