गुगलले १३ वर्षका बालबालिकालाई अभिभावकीय नियन्त्रण कसरी हटाउने भनेर निर्देशन दिने इमेल पठाउँदै

  • Technology Khabar | २ माघ २०८२, शुक्रबार
गुगलले १३ वर्षका बालबालिकालाई अभिभावकीय नियन्त्रण कसरी हटाउने भनेर निर्देशन दिने इमेल पठाउँदै

काठमाडौं ।

गुगलले १३ वर्ष पुगेका बालबालिकाहरूलाई अभिभावकीय सहमति बिना अभिभावकीय नियन्त्रणहरू कसरी हटाउने भनेर निर्देशन दिँदै इमेल पठाएको छ।

गुगलको नीतिले बालबालिकाहरूलाई १३ वर्ष पुगेपछि अभिभावकीय नियन्त्रणहरू अर्थात प्यारेन्टल कन्ट्रोल्स ‘बाइपास’ गर्न अनुमति दिन्छ। अभिभावकीय नियन्त्रणहरूको ‘बाइपास’ ले अनुपयुक्त सामग्रीमा पहुँच रोक्न आमाबाबुले लागू गरेको कुनै पनि सुरक्षित सर्च फिल्टरहरू हटाउने र आमाबाबुलाई आफ्ना बालबालिकाको अनलाइन गतिविधिको निरीक्षण गर्नबाट रोक्ने टेलिग्राफले रिपोर्ट गरेको छ।

गुगलले बालबालिकाहरूलाई अभिभावकीय नियन्त्रणहरू कसरी हटाउने भनेर निर्देशन दिने इमेलको स्क्रिनसटहरू अनलाइन रुपमा भाइरल भएपछि बाल सुरक्षा अधिवक्ताहरूले कम्पनीलाई ‘शिकारी’ अभ्यासहरू र बालबालिकाहरूलाई ‘लक्षित’ गरेको आरोप लगाउँदै चिन्ता जाहेर गरेका छन्।

“जब तपाईंको बच्चा १३ वर्ष पुग्छ (वा तपाईंको देशमा लागू हुने उमेर), उनीहरूसँग सुपरिवेक्षण नगरिएको गुगल खातामा स्विच गर्ने विकल्प उपलब्ध हुन्छ” एफएक्यू पृष्ठमा व्याख्या गरिएको रिपोर्टमा उल्लेख छ।

“बालबालिकाहरु १३ वर्ष पुग्नुभन्दा अघि, अभिभावकहरूले उनीहरूको जन्मदिनमा उनीहरूको खाता सम्हाल्न योग्य हुने कुराको सूचना दिने इमेल प्राप्त गर्नेछन् र त्यसपछि तपाईंले उनीहरूको खाता व्यवस्थापन गर्न सक्नुहुने छैन। उनीहरू १३ वर्ष पुगेको दिन, बच्चाहरूले आफ्नो गुगल खाता आफैं व्यवस्थापन गर्ने वा आफ्ना अभिभावकले यसलाई व्यवस्थापन गरिरहने भन्ने छनौट गर्न सक्छन्। अभिभावकको रूपमा, तपाईंले बच्चा १३ वर्षभन्दा माथिको उमेरमा जुनसुकै बेला सुपरिवेक्षण हटाउन पनि छनोट गर्न सक्नुहुन्छ” घोषणामा भनिएको छ।

प्रकाशित: २ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...