
काठमाडौं ।
काठमाडौं । टेक कम्पनी अमेजनले निशुल्क संगीत सुन्ने सेवा संचालन गर्ने तयारी गरेको छ । अमेजनले अर्को प्रतिस्पर्धी स्पोटीफाईको केहि ग्राहकहरु तान्ने किसिमले फ्रि म्यूजिक स्ट्रिमिङ सर्भिस शुरु गर्न लागेको हो ।
नयाँ सर्भिस हाल संचालनमा रहेको शुल्क भुक्तानी गर्नुपर्ने सेवा अमेजन प्राइम र अमेजन म्यूजिक अनलिमिटेड सर्भिसको तुलनामा सिमित क्याटोगरीहरुमा मात्र उपलब्ध हुनेछ ।
पहिलो चरणमा यो नयाँ सर्भिस केबल अमेजन इको स्पीकर्सका लागि मात्र उपलब्ध हुने बताईएको छ ।
कम्पनीले निशुल्क संगीत सुनाउने सेवा छिटोमा आगामी साता मात्रै शुरु हुनेछ । यसको लागि अमेजनले हाल विभिन्न म्यूजिक कम्पनीहरु र ब्राण्डसँग नेगोशिएसन गरिरहेको छ, जुन सेवामा विभिन्न किसिमका बिज्ञापनहरु पनि साथमा उपलब्ध हुनेछ ।
हाल अमेजनको म्यूजिक स्ट्रिमिंग न्यूनतम ३.९९ अमेरिकी डलर प्रति महिना एउटा डिभाइसको लागि उपलब्ध रहेको छ भने अनलिमिटेड अप्सन ७.९९ अमेरिकी डलर प्राइम मेम्बरहरुका लागि र म्यूजिक अनलिमिटेड सर्भिस मात्रै लिनेहरुका लागि ९.९९ अमेरिकी डलरबाट शुरु हुन्छ ।
हाल स्पोटीफाइले मात्र निशुल्क म्यूजिक स्ट्रिमिंग आफ्ना यूजर्सलाई दिईरहेको छ । स्पोटीफाइनको निशुल्क म्यूजिक स्ट्रिमिंग सेवा प्रयोग गर्ने मात्रै १२ करोड भन्दा बढि यूजर्स छन् । अमेजनले नयाँ निशुल्क संगीत सुन्न सकिने सेवा लन्च गरेर आफ्नो म्यूजिक स्ट्रिमिंग सर्भिसको ग्राहक संख्या बढाउने तयारी गरेको हो । एजेन्सी
प्रकाशित: ३ बैशाख २०७६, मंगलवार