
काठमाडौं ।
विद्युतीय सवारी साधनको ब्याट्री धेरै मानिसहरूले डराएको जस्तो छिटो (ड्रेन) नसक्किने एउटा बृहत नयाँ अध्ययनले देखाएको छ।
औसतमा कारहरूले प्रति वर्ष आफ्नो क्षमताको दुई प्रतिशत गुमाउँछन्। तसर्थ कारहरू १० वर्ष पुरानो हुँदा पनि तिनीहरूसँग ८२ प्रतिशत क्षमता हुनेछ र अर्को शब्दमा भन्नु पर्दा ३२० माइलको कार २६२ माइलको कार बन्नेछ।
रिपोर्टले साथै चालकले समयसँगै आउने ह्रासलाई अझ कम गम्भीर बनाउन सक्ने तरिकाहरूको बारेमा पनि खुलासा गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।
फ्लीट व्यवस्थापन कम्पनी जियोट्याबबाट डाटा प्राप्त भएको हो। कम्पनीले २१ ओटा विभिन्न मोडेलहरूमा २२,७०० विद्युतीय सवारी साधनहरूबाट विस्तृत टेलिमेटिक्स डाटा प्रयोग गरेको उल्लेख गरिएको छ।
केही भ्यानहरूले डाटामा केही फरक तथ्याङ्कहरू प्रस्तुत गरेको छ र भ्यानहरूले प्रति वर्ष औसतमा आफ्नो दायराको २.७ प्रतिशत गुमाउने गर्दछन्। मुख्यतया भ्यानहरूको रियल–वर्ल्ड दायरा छोटो हुने भएकाले धेरै पटक चार्ज गर्नु पर्ने आवश्यकता हुन्छ र ती चार्जहरू छिटो हुने बढी सम्भावनाको साथ भ्यानहरूले प्रति वर्ष औसतमा आफ्नो दायराको २.७ प्रतिशत गुमाउने गर्दछन्।
टेलिग्राफले यहाँ केही मुख्य सुझावहरूको बारेमा रिपोर्ट गरेको छ। पहिलो, बारम्बारको डीसी फास्ट चार्जिङबाट बच्नको लागि आग्रह गरिएको छ। प्रतिवेदनमा फास्ट चार्जिङले सबै चार्जहरूको आठ मध्ये एक भन्दा कमको लागि जिम्मेवार रहेका ती सवारी साधनहरू (कार र भ्यान) लाई हेरिएको थियो। तिनीहरूले प्रति वर्ष केवल १.५ प्रतिशतको गिरावट देखेको उल्लेख गरिएको छ।
त्यो भन्दा छिटो चार्ज हुने सवारी साधनहरूले द्रुत चार्जहरू १०० किलोवाट भन्दा कम भएको अवस्थामा औसत २.२ प्रतिशतको गिरावट देखेको उल्लेख गरिएको छ। १०० किलोवाट भन्दा माथि चार्ज गर्नेहरू सवारी साधनहरूले प्रति वर्ष ३.० प्रतिशत गुमाएको रिपोर्ट गरिएको छ।
यदि प्रति वर्ष ८,००० माइल ड्राइभ गर्दा र चार्जहरू बीच २५० वास्तविक माइलको यात्रा तय गर्दा प्रति वर्ष ३२ पटक चार्ज हुनेछ। त्यसैले ५०० माइलसम्मको चारओटा ट्रिप (यात्रा) हरू बाटोमा द्रुत चार्जको साथ पूर्ण रूपमा सुरु गर्दा तपाईंलाई आठ मध्ये एक द्रुत चार्ज दिनेछ।
अध्ययनले १०० प्रतिशत चार्ज गर्ने र शून्यमा डिस्चार्ज गर्ने बारे केही रोचक डाटाको खुलासा गरेको छ। धेरैजसो कारहरूको इन्स्ट्रुमेण्ट डिस्प्लेमा त्यसको विरुद्ध चेतावनी दिइएको हुन्छ र डाटा (तथ्याङ्क) ले भने त्यसले वास्तवमा कुनै फरक नपार्ने देखाएको उल्लेख गरिएको छ।
साथै लामो समयसम्म पार्क नगर्दा वास्तवमा फरक नपर्ने थप उल्लेख गरिएको छ। यदि गाडीले अत्यधिक ब्याट्री अवस्थामा ८० प्रतिशत सयम खर्च गर्दा ०.५ प्रतिशत छिटो ब्याट्रीको क्षमता घट्ने उल्लेख गरिएको छ। तसर्थ ब्याट्रीलाई चार्ज गरेर मात्र ड्राइभिङ गर्नु आग्रह गरिएको छ।
धेरै तातो हावापानीले पनि ब्याट्रीको क्षयको दरलाई ०.४ प्रतिशतले बढाएको खुलासा गरेको छ। त्यसैले सवारी साधनहरू छायाँमा पार्क गर्नको लागि प्रयास गर्न आग्रह गरिएको छ।
धेरै चार्ज साइकलहरूबाट गुज्रने सवारी साधनहरूलाई हेर्दां प्रति वर्ष बढी माइल ड्राइभ गरिने भएकाले त्यहाँ उल्लेखनिय प्रभाव हुनेछ।
प्रति हप्ता एक भन्दा कम साइकल हुने सवारी साधनहरूको लागि औसत गिरावट प्रति वर्ष १.५ प्रतिशत मात्र हुने बताइएको छ र यो २५०–माइल यात्रा तय गर्ने कारको लागि १३,००० किलोमिटरको उदार आंकडा हो।
प्रति एक देखि दुई दिनमा हुने साइकलको लागि त्यो प्रति वर्ष २.३ प्रतिशतको औसत गिरावट हुने बताइएको छ भने सम्भवतः छोटो विद्युतीय दायरा भएको लोड गरिएको भ्यानले धेरै माइलहरू पार गने र्छ।
यद्यपि, फ्लीट कम्पनीका सल्लाहकार जियोट्याबले मूल रूपमा चिन्ता नगर्न आग्रह गर्दै सम्पत्तिबाट प्राप्त हुने मूल्यलाई अधिकतम बनाउनको लागि तपाईंको विद्युतीय सवारी साधनहरूसँग कडा परिश्रम गर्नु, धेरै माइल ड्राइभ गर्नु र बिस्तारै चार्ज गर्न समय बर्बाद नगर्नु बढी लाभदायक हुन्छ भन्ने तर्क व्यक्त गरेका छन्।
प्रकाशित: १ माघ २०८२, बिहीबार